३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

युक्रेनमा एफ–१६ विमान दुर्घटनाग्रस्त, पाइलटको मृत्यु

१४ भाद्र २०८१, शुक्रबार ०८:०१

भदौ १४, काठमाडौँ । युक्रेनमा एफ–१६ लडाकु विमान दुर्घटनाग्रस्त भएको छ । रुसले आक्रमण गरिरहेको समयमा सो विमान दुर्घटनामा परेको युक्रेनी सेनासम्बद्ध एक स्रोतले बताएको भन्दै बीबीसीले समाचार छापेको हो ।

सो लडाकु विमान नेटोमा रहेका देशहरूले युक्रेनलाई दिएको विमानमध्ये एक थियो । रुसले सोमबार एकपछि अर्को गर्दै आक्रमण गरिरहँदा सो विमान खसेको बताइएको छ ।


यस घटनामा विमानका पाइलट ओलेक्सी मेसको निधन भएको छ ।  यो महिनाको सुरुमा नेटोले युक्रेनलाई लडाकु विमान उपलब्ध गराएयता यो पहिलो घटना भएको बताइएको छ ।

रुसी आक्रमणसँग विमान दुर्घटनाको प्रत्यक्ष सम्बन्ध नरहेको युक्रेनी सेनाको दाबी छ । ओलेक्सीले रुसी आक्रमणको समयमा तीनवटा क्रुज मिसाइल र एउटा ड्रोन नष्ट गरेको सेनाको दाबी छ ।

उनले रुसी मिसाइलबाट युक्रेनीहरूलाई बचाएको पनि युक्रेनको हवाई बलले सामाजिक सञ्जालमा जारी एक विज्ञप्तिमा भनेको छ । दुर्भाग्यवश यसको मूल्य उनले ज्यान दिएर चुकाउनु परेको विज्ञप्तिमा भनिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ