२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

युक्रेनमा एफ–१६ विमान दुर्घटनाग्रस्त, पाइलटको मृत्यु

२०८१, १४ भाद्र शुक्रबार ०८:०१

भदौ १४, काठमाडौँ । युक्रेनमा एफ–१६ लडाकु विमान दुर्घटनाग्रस्त भएको छ । रुसले आक्रमण गरिरहेको समयमा सो विमान दुर्घटनामा परेको युक्रेनी सेनासम्बद्ध एक स्रोतले बताएको भन्दै बीबीसीले समाचार छापेको हो ।

सो लडाकु विमान नेटोमा रहेका देशहरूले युक्रेनलाई दिएको विमानमध्ये एक थियो । रुसले सोमबार एकपछि अर्को गर्दै आक्रमण गरिरहँदा सो विमान खसेको बताइएको छ ।


यस घटनामा विमानका पाइलट ओलेक्सी मेसको निधन भएको छ ।  यो महिनाको सुरुमा नेटोले युक्रेनलाई लडाकु विमान उपलब्ध गराएयता यो पहिलो घटना भएको बताइएको छ ।

रुसी आक्रमणसँग विमान दुर्घटनाको प्रत्यक्ष सम्बन्ध नरहेको युक्रेनी सेनाको दाबी छ । ओलेक्सीले रुसी आक्रमणको समयमा तीनवटा क्रुज मिसाइल र एउटा ड्रोन नष्ट गरेको सेनाको दाबी छ ।

उनले रुसी मिसाइलबाट युक्रेनीहरूलाई बचाएको पनि युक्रेनको हवाई बलले सामाजिक सञ्जालमा जारी एक विज्ञप्तिमा भनेको छ । दुर्भाग्यवश यसको मूल्य उनले ज्यान दिएर चुकाउनु परेको विज्ञप्तिमा भनिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा