३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

क्रिकेटर सोमपाल कामी टेन प्लास्टको ब्राण्ड एम्बेसडरमा अनुबन्धन

१४ भाद्र २०८१, शुक्रबार ११:३०

भदौ १४,  रुपन्देही । क्रिकेटर सोमपाल कामी नवलपरासीको टेन प्लास्ट इण्डस्ट्रिजका उत्पादनको ब्राण्ड एम्बासडरमा अनुबन्धित भएका छन् ।

शुक्रबार भैरहवामा एक औपचारिक समारोहमा उद्योगका अध्यक्ष धिरज अग्रवालले कामीलाई उद्योगको प्लम्बिङ पाइप हस्तान्तरण गर्दै एम्बासडरमा अनुबन्धित भएको सार्वजनिक गरेका हुन् । सो अवसरमा क्रिकेटर कामीले उद्योगका अध्यक्ष अग्रवाल क्रिकेटप्रेमी समेत भएका, उद्योगको नाम र आफ्नो जर्सी नम्बर समेत मिलेकाले स्वदेशी उद्योगका प्रवद्र्धनमा आफू अनुबन्धित भएको बताए ।


उद्योगसँग अनुबन्धको सम्झौता १५ महिनासम्म लागू हुने उद्योगले जनाएको छ । उद्योगका अध्यक्ष अग्रवालले एक अर्ब लगानीमा २०७७ सालमा स्थापना भएको उद्योगले नेपालमै पहिलोपटक इटालियन प्रविधिबाट प्लम्बिङ सम्बन्धी सबै सामान एउटै उद्योगबाट उत्पादन गरिरहेको र सय जना बढीलाई प्रत्यक्ष रोजगारी दिएको बताए ।

नेपाल गुणस्तर चिन्ह समेत प्राप्त गरेको उद्योगले जापान, थाइल्याण्ड लगायत देशबाट कच्चा पदार्थ आयात गरिरहेको अग्रवालले बताए । उनले आफू सानैदेखि क्रिकेटको पारखी भएकाले आफ्नो कम्पनीको ब्राण्डका लागि पनि क्रिकेटर नै रोजेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ