२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

इन्सपेक्टर हुँ भन्दै लुटपाट गर्ने युवक पक्राउ

२०८१, १४ भाद्र शुक्रबार ११:५४

भदौ १४,  रुपन्देही । प्रहरी निरीक्षक (इन्सपेक्टर) हुँ भन्दै लुटपाट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४ घर भएका २५ वर्षीय सुमन तामाङ भनिने मिङमार तामाङ र बाग्लुङको काठेखोला गाउँपालिका–२ का ६३ वर्षीय बलबहादुर सुनार छन् । उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

उनीहरुमध्ये सुमनले आफू प्रहरी वृत्त स्वयम्भूको सादा पोशाकको इन्सपेक्टर भएको बताउँदै लुटपाट गरेको पाइएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा एसपी काजीकुमार आचार्यले बताए ।


२२ साउनमा सुमनले काभ्रे घर भई डल्लुमा बस्दै आएका तीर्थलाल तमााङलाई आफू इन्सपेक्टर भएको बताउँदै १ तोलाको सुनको सिक्री र नगद ६७ हजार लुटपाट गरेको पाइएको प्रहरीले जनाएको छ ।

लुटपाट भएपछि तीर्थलालले प्रहरीमा निवेदन दिएका थिए । त्यसपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

लुटपाट गरेको सुनको सिक्री उनले बलबहादुरलाई बेचेको पाइएपछि उनलाई पनि प्रहरीले पक्राउ गरेको हो । बलबहादुरको गोंगबुमा बाग्लुङ भगवती सुनचाँदी पसल छ ।

लुटपाटमा प्रयोग भएको मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ । मोटरसाइकलमा प्रयोग भएको नम्बर प्लेट समेत उनले नक्कली हालेको खुलेको छ ।

यही शैलीमा सुमनले अन्य व्यक्तिलाई पनि लुटपाट गरेको भन्दै ८ वटा उजुरीसमेत परेको एसपी आचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा