३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

दाइजोपीडित कञ्चनले दिइन् श्रीमान्‌विरुद्ध उजुरी

१४ भाद्र २०८१, शुक्रबार १२:०९

भदौ १४, काठमाडौं । सर्लाहीकी कञ्चन रौनियारले दाइजोको निहुँमा आफूमाथि अमानवीय घटना भएको भन्दै श्रीमान्‌विरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी छिन् ।

कञ्चनको सर्लाहीको हरिवन नगरपालिका–९ का रोहित गुप्तासँग १० असार २०७९ मा विवाह भएको थियो । विवाहलगत्तै गुप्ताको परिवारले दाइजोको निहुँमा कञ्चनलाई यातना दिन सुरु गरेको थियो ।


कञ्चनले जाहेरीमा उल्लेख गरेअनुसार विवाहकै समयमा माइती पक्षले १५ लाख रुपैयाँ र करिब १८ लाख बराबरको गरगहनासँगै घरायासी सामान पनि दाइजो दिएको थियो । तर, विवाहको दुई महिनापछि नै फेरि उनीसँग ५० लाख रुपैयाँ माग गरिएको थियो ।

कञ्चनका अनुसार २०७९ को छठ पर्वपश्चात् उनलाई घरबाट निकाला गरियो । त्यसयता उनी माइतीमा बस्दै आएकी छन् । यही बीचमा कञ्चनको माइतीले ६ लाख रुपैयाँ नगद र १० लाख रुपैयाँ चेकमार्फत दिएको कुरा उनले जाहेरीमा उल्लेख गरेकी छन् । यति हुँदा पनि गुप्ताको परिवारले आफूलाई कुटपिट गर्ने र निरन्तर दुव्र्यवहार गर्ने गरेको कञ्चनले जाहेरीमा उल्लेख गरेकी छन् । नगरपालिकाको न्यायिक समिति र स्थानीय प्रहरीले समेत सहयोग नगरेको कुरा उनले जाहेरीमा लेखेकी छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ