२०८२, २० फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

दाइजोपीडित कञ्चनले दिइन् श्रीमान्‌विरुद्ध उजुरी

२०८१, १४ भाद्र शुक्रबार १२:०९

भदौ १४, काठमाडौं । सर्लाहीकी कञ्चन रौनियारले दाइजोको निहुँमा आफूमाथि अमानवीय घटना भएको भन्दै श्रीमान्‌विरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी छिन् ।

कञ्चनको सर्लाहीको हरिवन नगरपालिका–९ का रोहित गुप्तासँग १० असार २०७९ मा विवाह भएको थियो । विवाहलगत्तै गुप्ताको परिवारले दाइजोको निहुँमा कञ्चनलाई यातना दिन सुरु गरेको थियो ।


कञ्चनले जाहेरीमा उल्लेख गरेअनुसार विवाहकै समयमा माइती पक्षले १५ लाख रुपैयाँ र करिब १८ लाख बराबरको गरगहनासँगै घरायासी सामान पनि दाइजो दिएको थियो । तर, विवाहको दुई महिनापछि नै फेरि उनीसँग ५० लाख रुपैयाँ माग गरिएको थियो ।

कञ्चनका अनुसार २०७९ को छठ पर्वपश्चात् उनलाई घरबाट निकाला गरियो । त्यसयता उनी माइतीमा बस्दै आएकी छन् । यही बीचमा कञ्चनको माइतीले ६ लाख रुपैयाँ नगद र १० लाख रुपैयाँ चेकमार्फत दिएको कुरा उनले जाहेरीमा उल्लेख गरेकी छन् । यति हुँदा पनि गुप्ताको परिवारले आफूलाई कुटपिट गर्ने र निरन्तर दुव्र्यवहार गर्ने गरेको कञ्चनले जाहेरीमा उल्लेख गरेकी छन् । नगरपालिकाको न्यायिक समिति र स्थानीय प्रहरीले समेत सहयोग नगरेको कुरा उनले जाहेरीमा लेखेकी छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा