२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

राप्रपाका उपाध्यक्ष मिश्रले प्रचण्डका कुरा काटकुट गरेर हालेछन्, सत्यता छैन: सचिवालय

९ आश्विन २०८१, बुधबार ११:२५

असोज ९, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रले मंगलबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटेकाे कुरा आफ्नाे समाजिक सञ्जालमा पाेस्ट्याए। उनले प्रचण्डसँग भेटमा भएकाे कुराकानी सामाजिक सञ्जालमा राखेका थिए। प्रचण्डले भनेका टिप्पणीलाई उनले ७ बुँदामा लेखेका थिए।


तर, मिश्रले सामाजिक सञ्जालमा लेखेको झुट रहेको प्रचण्डकाे सचिवालयले बुधबार जनाएकाे छ।

बुधबार प्रचण्डपुत्री गंगा दाहालले सामाजिक सञ्जालमा मिश्रले त्याे ७ बुँदामा लेखेकाे कुरामा सत्यता नभएकाे स्पष्टीकरण दिएकी छन्।

मिश्रले आफ्नाे साजिकक सञ्जालमा राजा महेन्द्र गज्जबका ‘भिजनरी’, २०६२/०६३ को आन्दोलनमा पूर्व राजा ज्ञानेन्द्र शाह अलि नरम भएको आज परिस्थिति अर्कै हुन्थ्योलगायतका कुराहरु प्रचण्डले भनेको भनेर लेखेका थिए। उक्त पाेस्ट आएपछि धैरै‌ले प्रचण्ड राजतन्त्र फर्काउन लागेका हुन् कि मिश्र माओवादीमा प्रवेश गर्न लागेका हुन् भनेर प्रतिक्रिया दिएका थिए।

उक्त कुराकाे सामाजिक सञ्जालमा चर्काे आलाेचना भएपछि प्रचण्ड सचिवालयले यसको खण्डन गरेको छ। मिश्रले प्रचण्डले भनेकाे कुरा काटकुट पारेर लेखेकाे सचिवालयकाे आराेप छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…