असोज १०, काठमाडौँ । ललितपुर प्रहरी परिसरले आर्थिक अनियमितताको आरोप लागेकी भैसेपाटीकी इन्स्पेक्टर विनुकुमारी शाहीलाई निलम्बन गर्न सिफारिस गरेको छ। प्रारम्भिक अनुसन्धानका क्रममा केही आधार देखिएको भन्दै जिल्ला प्रहरी प्रमुख शेखर खनालले शाहीलाई निलम्बन गर्न काठमाडौं उपत्यका प्रहरी कार्यालयलाई सिफारिस गरेको जानकारी दिएका हुन्।
शाहीमाथि बलात्कार मुद्दामा फसाइ दिने धम्की दिँदै ३० लाख रुपैयाँ लिएको गम्भीर आरोप लागेको छ। यस आरोपको अनुसन्धानका लागि उनलाई जिम्मेवारीबाट हटाएर काठमाडौं उपत्यका प्रहरी कार्यालय तानिएको छ।
जिल्ला प्रहरी कार्यालयले डीएसपीको संयोजकत्वमा ७ सदस्यीय छानबिन समिति गठन गरेको छ ।