२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

घर फर्किने इच्छा व्यक्त गर्दैँ लेबनानमा रहेका नेपाली, दूतावासमा आउन थाले फाेन

१० आश्विन २०८१, बिहीबार १०:२५

असोज १०, काठमाडौँ । इजरायल र हिजबुल्लाहबीच युद्ध चर्कदै गएपछि लेबनानमा रहेका नेपालीले स्वदेश फर्किने इच्छा व्यक्त गर्न थालेका छन् । 

लेबनानमा रहेका केही नेपालीले इजिप्टको कायरोमा रहेको नेपाली दूतावासमा फोन गरी उनीहरूले आफूहरू नेपाल फर्कन चाहेको बताएका हुन् । 

“लेबनानको राजधानी बेरुतमा जनजीवन सामान्य छ । तर, फ्लाइट चलिरहेकाले केही नेपालीले छोटो समयका लागि भए पनि नेपाल जान उपयुक्त होला कि भनेर दूतावासमा सम्पर्क गर्नुभएको छ,” इजिप्टका लागि नेपाली राजदूत सुशिलकुमार लम्सालले भने । 


लेबनानलाई इजिप्टस्थित नेपाली दूतावासले हेर्नेगर्छ । केही दिनयता आफ्नै सेना भएको लेबनानको राजनीतिक पार्टी हिजबुल्लाह र इजरायलबीच युद्ध चर्किएको छ । हिजबुल्लाहको दक्षिण लेबनानमा पकड राम्रो छ, जुन क्षेत्र इजरायलको सीमासँग जोडिएको छ । 

पछिल्लो दिन इजरायलले दक्षिण लेबनानमा रहेका हिजबुल्लाहको अखडामा आक्रमण गर्दा ६ सय जनाभन्दा बढी लेबनानीको मृत्यु भैसकेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । हिजबुल्लाहले पनि इजरायलमा रकेट र मिसाइल प्रहार गरेको छ । 

इजरायलले अब लेबनानको हिजबुल्लाह प्रभावित क्षेत्रमा स्थल आक्रमण गर्ने तयारी गरिरहेको छ । यसले युद्ध झन् चर्किने संकेत गरेको छ । 

अमेरिका, बेलायत लगायतका देशले ट्राभल एड्भाइजरी जारी गर्दै लेबनान भ्रमणमा नजान र लेबनानमा रहेका आफ्ना नागरिकलाई लेबनान छोड्न अनुरोध गरेका छन् । 

भारतले पनि बिहीबार ट्राभल एड्भाइजरी जारी गर्दै आफ्ना नागरिकलाई लेबनानको यात्रा नगर्न भनेको छ । बेरुतस्थित भारतीय दूतावासले जारी गरेको एड्भाइजरीमा लेबनानमा रहेका आफ्ना नागरिकलाई घरबाट बाहिर ननिस्कन पनि भनेको छ । 

भारतले मिलेसम्म आफ्ना नागरिकलाई लेबनान छोड्न र नमिलेको अवस्थामा दूतावासको सम्पर्कमा रहन भनेको छ । “लेबनानमा रहेका नेपालीसँग हामी निरन्तर सम्पर्कमा छौँ । उहाँहरू सुरक्षित हुनुहुन्छ,” राजदूत लम्सालले भने ।

राजदूत लम्सालका अनुसार एक हजारदेखि १२ सयसम्म नेपाली लेबनानमा कार्यरत छन् । तीमध्ये सात/आठ सय घरेलु कामदार छन् भने अन्य होटेल तथा रेष्टुरेन्ट र उत्पादन क्षेत्रमा कार्यरत छन् । अहिले युद्ध चलिरहेको क्षेत्रमा नेपाली कार्यरत नरहेको जनाइएको छ । 

लेबनानमा संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा अहिले ९७७ नेपाली सेना खटिएका छन् । शान्ति स्थापनाका लागि उनीहरूलाई लेबनान–इजरायल सीमानजिक खटाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…