२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

घर फर्किने इच्छा व्यक्त गर्दैँ लेबनानमा रहेका नेपाली, दूतावासमा आउन थाले फाेन

२०८१, १० आश्विन बिहीबार १०:२५

असोज १०, काठमाडौँ । इजरायल र हिजबुल्लाहबीच युद्ध चर्कदै गएपछि लेबनानमा रहेका नेपालीले स्वदेश फर्किने इच्छा व्यक्त गर्न थालेका छन् । 

लेबनानमा रहेका केही नेपालीले इजिप्टको कायरोमा रहेको नेपाली दूतावासमा फोन गरी उनीहरूले आफूहरू नेपाल फर्कन चाहेको बताएका हुन् । 

“लेबनानको राजधानी बेरुतमा जनजीवन सामान्य छ । तर, फ्लाइट चलिरहेकाले केही नेपालीले छोटो समयका लागि भए पनि नेपाल जान उपयुक्त होला कि भनेर दूतावासमा सम्पर्क गर्नुभएको छ,” इजिप्टका लागि नेपाली राजदूत सुशिलकुमार लम्सालले भने । 


लेबनानलाई इजिप्टस्थित नेपाली दूतावासले हेर्नेगर्छ । केही दिनयता आफ्नै सेना भएको लेबनानको राजनीतिक पार्टी हिजबुल्लाह र इजरायलबीच युद्ध चर्किएको छ । हिजबुल्लाहको दक्षिण लेबनानमा पकड राम्रो छ, जुन क्षेत्र इजरायलको सीमासँग जोडिएको छ । 

पछिल्लो दिन इजरायलले दक्षिण लेबनानमा रहेका हिजबुल्लाहको अखडामा आक्रमण गर्दा ६ सय जनाभन्दा बढी लेबनानीको मृत्यु भैसकेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । हिजबुल्लाहले पनि इजरायलमा रकेट र मिसाइल प्रहार गरेको छ । 

इजरायलले अब लेबनानको हिजबुल्लाह प्रभावित क्षेत्रमा स्थल आक्रमण गर्ने तयारी गरिरहेको छ । यसले युद्ध झन् चर्किने संकेत गरेको छ । 

अमेरिका, बेलायत लगायतका देशले ट्राभल एड्भाइजरी जारी गर्दै लेबनान भ्रमणमा नजान र लेबनानमा रहेका आफ्ना नागरिकलाई लेबनान छोड्न अनुरोध गरेका छन् । 

भारतले पनि बिहीबार ट्राभल एड्भाइजरी जारी गर्दै आफ्ना नागरिकलाई लेबनानको यात्रा नगर्न भनेको छ । बेरुतस्थित भारतीय दूतावासले जारी गरेको एड्भाइजरीमा लेबनानमा रहेका आफ्ना नागरिकलाई घरबाट बाहिर ननिस्कन पनि भनेको छ । 

भारतले मिलेसम्म आफ्ना नागरिकलाई लेबनान छोड्न र नमिलेको अवस्थामा दूतावासको सम्पर्कमा रहन भनेको छ । “लेबनानमा रहेका नेपालीसँग हामी निरन्तर सम्पर्कमा छौँ । उहाँहरू सुरक्षित हुनुहुन्छ,” राजदूत लम्सालले भने ।

राजदूत लम्सालका अनुसार एक हजारदेखि १२ सयसम्म नेपाली लेबनानमा कार्यरत छन् । तीमध्ये सात/आठ सय घरेलु कामदार छन् भने अन्य होटेल तथा रेष्टुरेन्ट र उत्पादन क्षेत्रमा कार्यरत छन् । अहिले युद्ध चलिरहेको क्षेत्रमा नेपाली कार्यरत नरहेको जनाइएको छ । 

लेबनानमा संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा अहिले ९७७ नेपाली सेना खटिएका छन् । शान्ति स्थापनाका लागि उनीहरूलाई लेबनान–इजरायल सीमानजिक खटाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा