२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

नाजिरको ‘गुन्यो चोलो’को रिलिज स्थगित

२०८१, १० आश्विन बिहीबार १०:५४

असोज १०, काठमाडौँ । अभिनेता नाजिर हुसेनले पहिलोपटक पारालैंगिक महिला (ट्रान्सवुमन)को भूमिकामा अभिनय गरेको फिल्म ‘गुन्यो चोलो’को रिलिज स्थगित भएको छ । आगामी कात्तिक ९ गतेलाई प्रदर्शन मिति घोषणा गरिएकोमा केही विषय कारणले तत्काललाई रिलिज स्थगित गर्नुपरेको निर्देशक समुन्द्र भट्टले जनाएकी छन् । चाँडै एउटा ठूलो खबरसहित नयाँ प्रदर्शन मिति घोषणा गरिने उनको भनाई छ ।


नाजिरको ‘ट्रान्सवुमन लुक्स’ सार्वजनिक भएदेखि नै फिल्मको चर्चा चुलिएको थियो । उनले फिल्मको चरित्रका लागि १५ केजी तौल घटाएका थिए । यसमा नाजिरसहित सञ्चिता लुईंटेल, विशाल पहारी, सुशील सिटौला, अनुपम श्रेष्ठ, निशा बजगाईं आदिको अभिनय छ । निर्देशक भट्ट र अभिनेता हुसेनको पटकथा एवं संवाद लेखन रहेको फिल्मको पोस्ट प्रोडक्सनको काम विदेशमा गरिएको छ ।

यो फिल्ममा आकाश बुढाथोकी र भि. भन्से जानुबोन निर्माता तथा जेफ्री जे वेन र स्टिभ जोन्स्टन कार्यकारी निर्मातामा छन् । यसमा हलिउडकी लिजा जेरार्डले स्वर दिएकी छिन् भने ‘ब्याकग्राउन्ड म्यूजिक’को काम हलिउड फिल्मका ‘ट्रयाक’ उत्पादक मार्सेलो दि फ्रान्सिसीले गरेका छन् । फिल्मका छायाँकार भने अलोक शुक्ला हुन् । नाजिर ‘गुन्यो चोलो’लाई लिएर निकै आशावादी देखिन्छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से