२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

नाजिरको ‘गुन्यो चोलो’को रिलिज स्थगित

१० आश्विन २०८१, बिहीबार १०:५४

असोज १०, काठमाडौँ । अभिनेता नाजिर हुसेनले पहिलोपटक पारालैंगिक महिला (ट्रान्सवुमन)को भूमिकामा अभिनय गरेको फिल्म ‘गुन्यो चोलो’को रिलिज स्थगित भएको छ । आगामी कात्तिक ९ गतेलाई प्रदर्शन मिति घोषणा गरिएकोमा केही विषय कारणले तत्काललाई रिलिज स्थगित गर्नुपरेको निर्देशक समुन्द्र भट्टले जनाएकी छन् । चाँडै एउटा ठूलो खबरसहित नयाँ प्रदर्शन मिति घोषणा गरिने उनको भनाई छ ।


नाजिरको ‘ट्रान्सवुमन लुक्स’ सार्वजनिक भएदेखि नै फिल्मको चर्चा चुलिएको थियो । उनले फिल्मको चरित्रका लागि १५ केजी तौल घटाएका थिए । यसमा नाजिरसहित सञ्चिता लुईंटेल, विशाल पहारी, सुशील सिटौला, अनुपम श्रेष्ठ, निशा बजगाईं आदिको अभिनय छ । निर्देशक भट्ट र अभिनेता हुसेनको पटकथा एवं संवाद लेखन रहेको फिल्मको पोस्ट प्रोडक्सनको काम विदेशमा गरिएको छ ।

यो फिल्ममा आकाश बुढाथोकी र भि. भन्से जानुबोन निर्माता तथा जेफ्री जे वेन र स्टिभ जोन्स्टन कार्यकारी निर्मातामा छन् । यसमा हलिउडकी लिजा जेरार्डले स्वर दिएकी छिन् भने ‘ब्याकग्राउन्ड म्यूजिक’को काम हलिउड फिल्मका ‘ट्रयाक’ उत्पादक मार्सेलो दि फ्रान्सिसीले गरेका छन् । फिल्मका छायाँकार भने अलोक शुक्ला हुन् । नाजिर ‘गुन्यो चोलो’लाई लिएर निकै आशावादी देखिन्छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…