२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

जापानमा मृत्युदण्डको सजाय सुनाइएका पूर्व बक्सरलाई ५६ वर्षपछि सफाइ

१० आश्विन २०८१, बिहीबार ११:२९

असोज १०, काठमाडौँ ।  जापानमा मृत्युदण्डको सजाय सुनाइएका कैदीलाई हत्याको सजाय भोगेको आधा शताब्दीभन्दा बढी समयपछि जापानी अदालतले प्रमाण बनावटी भएको फैसला गर्दै बिहीबार सफाइ दिएको छ ।

प्रतिकुल स्वास्थ्य अवस्थाले ८८ वर्षीया पूर्व बक्सर इवाओ हाकामादा आफ्नो मुद्दाको फैसला सुन्न अदालतसमक्ष उपस्थित हुन असक्षम भएका थिए । समर्थकहरूले मुद्दा दोहोर्‍याउन गरेको एक दशक लामो अभियानपछि उनलाई अदालतले सफाइ दिइएको हो ।

उनको ९१ वर्षीया दिदीले हाकामादालाई निर्दोष घोषणा गर्ने सिजुओका जिल्ला अदालतका न्यायाधीशसमक्ष गहिरो सम्मान व्यक्त गरेकी छन्  ।


हाकामादाले सन् १९६८ मा आफ्नो मालिक, मालिकको श्रीमती र उनका दुई बालबालिकाको हत्या गरेको अभियोगमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाइएको थियो ।

अनुसन्धानकर्ताले बनावटी प्रमाण सङ्कलन गरेको र मानसिक र शारीरिक पीडा दिएर अमानवीय ढङ्गबाट सोधपुछ गरी बयान दिन बाध्य पारेको र त्यसैको आधारमा उनलाई मृत्युदण्डको सजाय दिने फैसला सुनाइएको बिहीबारको फैसलामा उल्लेख छ ।

“अभियोजन पक्षले प्रतिवादीको ‘मौन रहने अधिकार’लाई प्रभावकारी रूपमा उल्लङ्घन गरेर उहाँको बयान प्राप्त गरेका थिए,” फैसलामा भनिएको छ । यस मुद्दाको फैसला सुन्न सयौं मानिसहरू बिहान अदालतमा जम्मा भएका थिए ।

“म अभियोजकको कार्यालयमा गएँ र भनेँ म १०० वर्षको नभएसम्म हामीलाई लड्न बाध्य नबनाउनुहोस्,” फैसलाअघि हिडेँकोले सञ्चारकर्मीसँग बताए ।

मृत्युदण्डको सजाय कायम राख्ने संयुक्त राज्य अमेरिकाबाहेक जापान एक मात्र प्रमुख औद्योगिक लोकतन्त्र हो, जसलाई व्यापक सार्वजनिक समर्थन गरिएको छ ।

जापानको युद्धपछिको इतिहासमा पुनः मुद्दा चलाउने पाँचौँ मृत्युदण्डको सजाय सुनाइएको कैदीमध्ये हाकामादा एक हुन् । यसभन्दा अघिल्लो सबै चारवटा मामिलाहरू पनि निर्दोष ठहरिएका थिए ।

सन् २०१८ मा एएफपीलाई निर्दोष साबित गर्ने आफ्नो लडाइँको वर्णन गर्दै हाकामादाले आफूले ‘हरेक दिन एउटा लडाइँ लडिरहेको’ महसुस गरेको बताएका थिए ।

समर्थकहरूले बिहीबार उनको टेलिभिजनको रिमोट कन्ट्रोलबाट ब्याट्रीहरू निकालिदिएकाले हाकादामालाई आफ्नो मुद्धाको फैसलाबारे ज्ञान नभएको जापानी सञ्चारमाध्यमले जनाएका छन् ।

सर्वोच्च अदालतले सन् १९८० मा हाकामादालाई मृत्युदण्डको सजाय दिएको थियो तर उनका समर्थकहरूले मुद्दा पुनःदोहोर्‍याउन दशकौँसम्म सङ्घर्ष गरे।

सन् २०१४ मा मुद्दा पुनः सुरु गर्न अदालतबाट स्वीकृत भएपछि हाकामादा जेलबाट रिहा भए । यद्यपि, मुद्दा पुनः सुरु हुन गत वर्षसम्म लाग्यो ।

“यति लामो समयसम्म, हामीले अनन्त लडाइँ लडेको महसुस गरेको छौँ,” हिडेकोले जुलाईमा भनेका थिए ।

हाकामादाले सुरुमा सन् १९६६ मा पीडितलाई लुटेको र हत्या गरेको कुरा अस्वीकार गरेका थिए तर पछि प्रहरीको क्रूर सोधपुछपछि उनले कसुर स्वीकार गरे ।

“फ्री हाकामादा नाउ” भन्दै टी–शर्ट लगाएका समर्थक अत्सुसी जुकेरानले अदालत बाहिर भने, “यो मुद्दा ‘जापानको आपराधिक न्याय प्रणाली कसरी परिवर्तन हुनुपर्दछ’ भन्ने पीडादायी सम्झना हो।”

“यो सङ्घर्ष कति लामो समयसम्म चलेको हो भन्ने कुरालाई ध्यानमा राख्दै मेरो एउटा अंशले निर्दोष मुक्तिको उत्सव पूर्ण रूपमा मनाउन सक्नेछैन,” जुकेरानले भने ।

हाकामादाको मुद्दा जापानको तथाकथित ‘बन्धक न्याय’ प्रणालीको अनगिन्ती उदाहरणमध्ये एक मात्र हो,” ह्युमन राइट्स वाचका एसिया कार्यक्रम अधिकारी टेप्पी कसाईले फैसलाअघि बताए ।

एम्नेस्टी इन्टरनेसनलले अदालतको यो फैसलाबाट ‘अत्यधिक खुसी’ भएको बताएको छ।

“लगभग आधा शताब्दीको गैरन्यायिक कारावास र उहाँको मुद्दा दोहोर्याउनका लागि गरिएको थप १० वर्षको प्रतिक्षापछि यो फैसला उहाँले आफ्नो जीवनको अधिकांश समयमा भोगेका गहन अन्यायको महत्त्वपूर्ण मान्यता हो,” समूहका पूर्वी एसिया अनुसन्धानकर्ता बोरम जाङले एक विज्ञप्तिमा भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु