२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

महाकाली नदीमा खसेर बेपत्ता ३३ वर्षीय अमर: दसैं मनाउन भारतबाट घर फर्किंदै थिए

२०८१, ११ आश्विन शुक्रबार ०८:५९

असोज ११, काठमाडौँ । बैतडीमा दसैं मनाउन भारतबाट घर फर्किने क्रममा महाकाली नदीमा खसेर एक युवक बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा पुर्चौडी नगरपालिका– पुर्चाैडी–५ कुवाकोटका ३३ वर्षीय अमर धामी रहेको सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक(डीआईजी) रविन्द्र केसीले जानकारी दिए ।


भारतबाट घर फर्किरहेका धामी शुक्रबार बिहान साढे ११ बजेतिर दशरथचन्द नगरपालिका–८ को झुलाघाट बजार नजिकै सडकबाट महाकाली नदीमा खसेको खुलेको डीआईजी केसीले बताए ।

उनका अनुसार झुलाघाटबाट बैतडी सदरमुकामतर्फ आउने जिप पार्किङ हुने क्षेत्रमा हिँडिरहेको अवस्थामा चिप्लिएर महाकाली खसेका थिए । नदीमा खसेर बेपत्ता भएका धामीको खोजी कार्य भइरहेको छ । धामी खसेको ठाउँमा सडक माथिबाट पहिरो समेत खसेका कारण जोखिम रहेको प्रहरीले जनाएको छ ।

नदीमा बेपत्ता धामीको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले खोजी गरिरहेको छ तर उनको अवस्था अहिलेसम्म अज्ञात छ । भारतमा रोजगारी गर्दै आएका धामी दसैं मनाउन घर फर्किरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से