२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

‘द फेमिली म्यान ३’मा देखिँदै सुनिल थापा र प्रशान्त तामाङ

११ आश्विन २०८१, शुक्रबार ११:१३

असोज ११, काठमाडौँ । सन् २०१९ मा आएको प्राइम भिडियो सिरिज ‘द फेमिली म्यान’ चर्चित रह्यो । यसलाई ‘आइएमडिबी’मा मात्र ८.७ रेटिङ मिलेको छ । यसको दोस्रो श्रृंखला २०२१ मा आएको थियो । अब तेस्रो श्रृंखला सन् २०२५ मा रिलिज गरिँदैछ, जसको यतिबेला भारतको उत्तर पूर्वी राज्यस्थित नागाल्याण्ड सहरमा छायांकन भइरहेको छ । यसैबीच, यो सिरिजलाई लिएर महत्त्वपूर्ण जानकारी बाहिरिएको छ ।


‘फेमिली म्यान ३’ सिरिजमा दुई चर्चित नेपाली कलाकार सुनिल थापा र गायक समेत प्रशान्त तामाङलाई पनि देख्न पाइने भएको छ । शुक्रबार फेसबुकमा एक पोस्टमार्फत् अभिनेता थापाले आफू सिरिजको छायांकनका लागि नागाल्याण्डमा रहेको जनाएका छन् । उनले सिरिजका प्रमुख कलाकारद्वय मनोज बाजपेयी र दीलिप ताहिलसँग खिचेका तस्वीरहरू पनि फेसबुकमा सेअर गरेका छन् ।

उनले लेखेका छन्, ‘मनोज बाजपेयी र दीलिप ताहिलसँग मैले नागाल्याण्डमा ‘द फेमिली म्यान’को सुटिङको दौरानमा अविश्वसनीय समय विताएँ ।’ थापाले पहिलो पटक भारतीय वेब सिरिज गरेका हुन् । केही बलिउड फिल्ममा भने उनले अभिनय गरिसकेका छन् । अभिनेत्री प्रियंका चापडाको मुख्य भूमिका रहेको फिल्म ‘मेरी कोम’मा उनले निभाएको कोचको भूमिका सम्झनलायक मानिन्छ ।

परिवारसहित भारतको दार्जिलिङमा बस्दै आएका प्रशान्त पनि ‘द फेमिली म्यान ३’को सुटिङमा जोडिसकेको जनाइएको छ । उनी अडिसनबाट छनोट भएर सिरिजमा आबद्ध भएको जानकारी प्राप्त छ । गत वर्ष उनले भारतीय वेब सिरिज ‘पाताल लोक’को दोस्रो सिजनमा समेत काम गरेका थिए । एक दशकअघि नेपाली फिल्ममा सक्रिय रहेका उनको पछिल्लो रिलिज फिल्म ‘परदेशी २’ हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…