२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अरुण तेस्रो जलविद्युतको डाइभर्सन टनेल भरिएपछि तटीय क्षेत्रमा सतर्क रहन आग्रह

१२ आश्विन २०८१, शनिबार ०६:५२

असोज १२, सङ्खुवासभा । सङ्खुवासभामा निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजनाको अस्थायी ड्याम (डाइभर्सन टनेल) भरिएपछि तटीय क्षेत्रमा जोखिम बढेको छ ।

लगातार पानी परेपछि अरुण नदीमा आएको बाढीले अरुण तेस्रो जलविद्युत आयोजनाको डाइभर्सन टनेल भरिएपछि प्रशासनले सर्तक रहन आग्रह गरेको छ ।  मकालु गाउँपालिका- ५ फ्याक्सिन्दामा निर्माणाधीन बाँध निर्माण क्षेत्रको टनेल भरिएको र पानीको सतह बढेपछि तटीय क्षेत्र जोखिममा परेको हो ।

माथिल्लो क्षेत्रमा लगातार वर्षा भइरहेको कारण अरुण नदीमा पानीको सतह बढेपछि अरुण नदी किनार आसपासका बस्तीमा जोखिम बढेको हो ।

जिल्ला प्रहरी कार्यालयले सतर्क रहन आग्रह गर्दै भनेको छ- 'आज बिहान ०६:०० बजे फाक्सिन्दा दोभान स्थित अरूण नदिमा पानीको बहाब बढेको छ। डाईभर्सन टनेलबाट जाने पानी ओभरफ्लो भएर ड्याम निर्माण क्षेत्रबाट बगिरहेको छ। नदी आसपासका बासिन्दाहरूले थप सतर्कता अपनाउनु हुन अनुरोध छ।'

२६ मिटर अग्लो बाँधमा पानी भरिएर करिब तीन किलोमिटरसम्म ताल बनेको छ । अरुण नदीलाई बहाव परिवर्तन गरी ४२९ मिटर लामो डाइभर्सन टनेलमार्फत अरुण नदी मोडिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने