असोज १२, काठमाडौँ | अविरल वर्षा कारण काठमाडौँ उपत्यकामा २१ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार काठमाडौँमा ९ जना, ललितपुरमा ९ जना र भक्तपुरमा ३ जनाको मृत्यु भएको हो ।
उनीहरूको बाढी, पहिरो र घर भत्किँदा निधन भएको हो । काठमाडौँमा ४ जना बेपत्ता भएका छन् । बाढी पहिरोमा परी हराइरहेकाहरूको खोजी भइरहेको काठमाडौँ प्रहरीले जनाएको छ । ललितपुरबाट २ जनालाई हेलिकप्टर र २ सय ८१ जनालाई सुरक्षाकर्मीहरूले उद्धार गरेका छन् ।