२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बाढी-पहिरोमा उद्धारको लागि विभिन्न जिल्लामा १६ सय ३० सशस्त्र प्रहरी परिचालित

१२ आश्विन २०८१, शनिबार ०७:४३

असोज १२, काठमाडौँ । अविरल बर्षाको कारण नेपालका विभिन्न जिल्लाहरुमा भएको घटनाको खोज तथा उद्धारका लागि सशस्त्र प्रहरी बल, नेपालबाट १ हजार ६३० जना जनशक्ति परिचालन भएको छ । बर्षासँगै आएको बाढि, पहिरो र डुवानमा परी हालसम्म ११ जना वेपत्ता, १० जनाको मृत्यु, १ सय ६२ स्थानहरुमा भौतिक क्षति भएको छ भने सुरक्षा फौजले ७ सय ६० जनाको सकुशल उद्धार गर्न सफल भएका छन् ।

पाँचथर जिल्लाको विभिन्न ठाउँहरुमा २ जनाको मृत्यु, १ ठाउँमा भौतिक क्षति भएको छ भने सो स्थानमा उद्धारको लागि १० जना सुरक्षा फौज खटिएको छ । यसैगरी ओखलढुङ्गामा पनि एक स्थानमा भौतिक क्षति भएको छ । धनकुटा जिल्लामा पहिरोको कारण २ जना वेपत्ता, २ जनाको मृत्यु र एक स्थानमा भौतिक क्षति भएको छ भने उद्धारका लागि १३ जनाको सुरक्षा फौज खटिएको छ ।

यसैगरी झापा जिल्लाका विभिन्न ठाउँमा डुवानमा परी ७७ स्थानहरुमा भौतिक क्षति, १ जनाको मृत्यु भएको छ भने ४३ जनाको सुरक्षा फौजले ३ सय २५ जनाकोे सकुशल उद्धार गरेका छन् ।

मोरङका विभिन्न ठाउँहरुमा डुवानमा परि ५८ स्थानहरुमा भौतिक क्षति भएको छ भने २३ जनाको सुरक्षा फौजले १ सय ७६ जनाको सकुशल उद्धार गरेका छन् । यसैगरी रौतहटका १० स्थाहरुमा डुवानमा परी भौतिक क्षति भएको छ भने उद्धारका लागि १५ जना सुरक्षा फौज परिचालन भएको छ ।

धादिङमा खोलाले बगाई एक जना वेपत्ता, एक जनाको मृत्यु भएको छ भने २ जनाको सकुशल उद्धार गरिएको छ । यसैगरी गोरखामा उद्धारका लागि २५ जना सुरक्षा टोली परिचालन भएको छ ।

सिन्धुलि जिल्लामा आएको बाढिले ५ स्थानहरुमा भौतिक क्षति भएको छ भने ११ जनाको सुरक्षा फौज परिचालन भई ३३ जनाको सकुशल उद्धार गरेको छ । यसैगरी काभ्रे जिल्लामा आएको पहिरोमा परि ३ जनाको मृत्यु, ७ स्थानहरुमा भौतिक क्षति भएको छ उद्धारका लागि १५ जनाको सुरक्षा फौज परिचालन भएका छन् ।

यसैगरी काठमाडौं जिल्लाका विभिन्न स्थानहरुमा आएको बाढिका कारण एक जनाको मृत्यु, एक जना बेपत्ता भएका छन् भने १ हजार ४ चार ७४ जना सुरक्षा फौज परिचालन भई २ सय २४ जनाको सकुशल उद्धार गरेका छन् । यसैगरी ललितपुर जिल्लाका विभिन्न ठाउँहरुमा आएको पहिरोले १ जनाको मृत्यु, ६ जना बेपत्ता भएका छन् भने २ स्थानहरुमा भौतिक क्षति भएको छ । उपत्यकाको ३ वटै जिल्लामा मोटरबोटसहितको सशस्त्र प्रहरी बल नेपालको टोली परिचालित छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने