बाढीले बगायो सिन्धुली रामेछाप जोड्ने खुर्कोटको पक्की पुल

Posted on: 28 Sep, 2024

असोज १२, सिन्धुली । तीन दिन देखिको निरन्तर अविरल बर्षाले सुनकोसी नदीमा आएको बाढीले सिन्धुली रामेछाप जोड्ने खुर्कोटको पक्की पुल बगाएको छ ।

बाढीले गोलन्जोर गाउँपालिका वडा नम्बर ७ स्थित खुर्कोटको तल्लो बजार, खुर्कोट बसपार्क पुर्ण रुपमा डुबाएको प्रहरीले बताएको छ ।

साथै सुनकोसी नदी लगायत सिन्धुली जिल्लाको विभिन्न खोला र नदी हरुमा आएको बाढीले सिन्धुलीका विभिन्न स्थानहरु डुबानमा रहेकोले सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!