२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

देशभरिका ६० सडकमार्ग अवरुद्ध

१३ आश्विन २०८१, आईतवार ०६:०६

असोज १३, काठमाडौँ ।  दुई दिनसम्मको अविरल झरीले देशभरिका सडकमार्गमा क्षति पुर्‍याएको छ।

बाढी र पहिरोका कारण राजधानी काठमाडौं जोड्ने प्रमुख सडकमार्ग अवरुद्ध छन्। त्यसैगरी, देशका पाँच दर्जन सडकमार्गमा अवरोध रहेको सडक विभागले जनाएको छ।

राजधानी काठमाडौं जोड्ने प्रमुख मार्गमा सवारी आवतजावत रोकिएको छ भने सवारीसाधन बाटामै अड्किएका छन्। विभागका अनुसार हेटौंडाबाट काठमाडौं जोड्ने कान्ति राजपथ, अरनिको राजमार्ग, पृथ्वी राजमार्ग, त्रिभुवन राजपथ लगायत प्रमुख सडकमार्ग अवरुद्ध छन्।


विभिन्न स्थानमा पहिरो पन्छाउने काम भइरहेको छ। तर बीपी राजमार्ग लगायत विभिन्न मार्गमा सडकखण्ड नै बाढीले बगाएका कारण बनाउन चुनौतीपूर्ण छ।

काठमाडौंलाई पश्चिम नेपालसँग जोड्ने प्रमुख मार्ग नागढुंगा सडक अन्तर्गत झ्याप्ले खोलामा पहिरो पन्छाउने काम भइरहेको छ।

विभागका अनुसार मेची राजमार्ग, मध्यपहाडी राजमार्ग लगायत पनि बाढी र पहिरोले अवरुद्ध छन्। पहिरो पन्छाउँदा केही राजमार्ग सञ्चालनमा आउन सक्ने भए पनि ठूलो क्षति भएका राजमार्ग सञ्चालन गर्न समय लाग्ने विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल