२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बाढीपहिरोले दुई दिनमा १२९ जनाको मृत्यु, ६२ जना बेपत्ता

१३ आश्विन २०८१, आईतवार ०८:५०

असोज १३, काठमाडौँ । गत बिहीबारदेखि परेको अविरल वर्षापछि आएको बाढी र पहिरोमा परेर एक सय २९ जनाको मृत्यु भएको छ।

काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा आइतबार दिउँसो १ बजेसम्म १२९ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

अझै ६२ जना बेपत्ता रहेको प्रहरीले जनाएको छ। 

त्यस्तै ८६ जना घाइते छन् भने सुरक्षाकर्मीले ३ हजार २६६ जना भन्दा बढीको उद्धारसमेत गरेको छ। 

वर्षाका कारण विभिन्न ठाउँका सडक पनि अवरूद्ध छन्। लामो दुरीमा निस्किनुपरेमा प्रहरी कार्यालयमा सम्पर्क गरी मात्रै यात्रा गर्न पनि अनुरोध गरेको छ।

काठमाडौं प्रवेश गर्ने नाका नजिकै धादिङको झ्याप्ले खोलामा पहिरोमा पुरिएका शवहरू निकाल्ने काम भइरहेको छ। आइतबार दिउँसोसम्म त्यहाँमात्रै ३५ जनाको शव फेला परेको हो। पछिल्लो समय अर्को बसबाट पाँच जनाको शव फेला परेको हो। 

शनिबार १४ वटा शव फेला परेको थियो भने आइतबार २१ जनाको शव फेला परेको हो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला