२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पनौतीमा ५ जनाको मृत्यु, १२ बेपत्ता

२०८१, १३ आश्विन आईतवार ०९:२४

असोज १३, काठमाडौं । काभ्रेपलाञ्चोकको पनौती नगरपालिकामा बिहीबार साँझदेखि परेको अविरल वर्षाले ठूलो जनधनको क्षति पुर्‍याएको छ। मेयर रामशरण भण्डारीका अनुसार, नगरपालिकामा १७ जना बेपत्ता भएका छन्, जसमध्ये हालसम्म ५ जनाको शव फेला परेको छ भने १२ जनाको खोजी कार्य जारी छ।


सबैभन्दा ठूलो क्षति पनौती नगरपालिका वडा नम्बर १२ मा भएको छ। रोशी खोलाको बाढीले रोशी बजार क्षेत्रलाई बगाएको छ, जसले ३ सयभन्दा बढी घरमा क्षति पुर्‍याएको छ। पशु चौपायाको क्षतिको विस्तृत विवरण भने हालसम्म प्राप्त भएको छैन।

खोपासी जलविद्युत आयोजनाको ड्याम क्षेत्रमा पनि रोशी खोलाको बाढीले ठूलो क्षति पुर्‍याएको छ। रोशी खोलाको माथिल्लो क्षेत्रबाट आएको गेग्रानले पनौती नगरपालिका १२ को मल्पीभन्दा तलको रोशी बजारलाई पूर्ण रूपमा ध्वस्त बनाएको छ। खोपासी जलविद्युत् आयोजनाको बाँध क्षेत्रमा रहेका पक्की घरहरू समेत तहसनहस भएका छन्।

त्यस्तै, वडा नम्बर ११, १, र २ मा पनि बाढी र पहिरोले असर पुर्‍याएको छ। नेपाली सेना, नेपाल प्रहरी, नगरपालिकाको विपद् व्यवस्थापन टोली, र स्थानीयबासी मिलेर खोजी र उद्धार कार्य जारी रहेको मेयर भण्डारीले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा