२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पनौतीमा ५ जनाको मृत्यु, १२ बेपत्ता

१३ आश्विन २०८१, आईतवार ०९:२४

असोज १३, काठमाडौं । काभ्रेपलाञ्चोकको पनौती नगरपालिकामा बिहीबार साँझदेखि परेको अविरल वर्षाले ठूलो जनधनको क्षति पुर्‍याएको छ। मेयर रामशरण भण्डारीका अनुसार, नगरपालिकामा १७ जना बेपत्ता भएका छन्, जसमध्ये हालसम्म ५ जनाको शव फेला परेको छ भने १२ जनाको खोजी कार्य जारी छ।


सबैभन्दा ठूलो क्षति पनौती नगरपालिका वडा नम्बर १२ मा भएको छ। रोशी खोलाको बाढीले रोशी बजार क्षेत्रलाई बगाएको छ, जसले ३ सयभन्दा बढी घरमा क्षति पुर्‍याएको छ। पशु चौपायाको क्षतिको विस्तृत विवरण भने हालसम्म प्राप्त भएको छैन।

खोपासी जलविद्युत आयोजनाको ड्याम क्षेत्रमा पनि रोशी खोलाको बाढीले ठूलो क्षति पुर्‍याएको छ। रोशी खोलाको माथिल्लो क्षेत्रबाट आएको गेग्रानले पनौती नगरपालिका १२ को मल्पीभन्दा तलको रोशी बजारलाई पूर्ण रूपमा ध्वस्त बनाएको छ। खोपासी जलविद्युत् आयोजनाको बाँध क्षेत्रमा रहेका पक्की घरहरू समेत तहसनहस भएका छन्।

त्यस्तै, वडा नम्बर ११, १, र २ मा पनि बाढी र पहिरोले असर पुर्‍याएको छ। नेपाली सेना, नेपाल प्रहरी, नगरपालिकाको विपद् व्यवस्थापन टोली, र स्थानीयबासी मिलेर खोजी र उद्धार कार्य जारी रहेको मेयर भण्डारीले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला