२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बङ्गलादेश हिँडेका छोराछोरीसहित आमा झ्याप्लेखोलामा अस्ताए

२०८१, १३ आश्विन आईतवार ०९:४१

असोज १३, काठमाडौं । धादिङको झ्याप्लेखोलामा आएको पहिरोले स्याङ्जाका तीन जनाको ज्यान लिएको छ। गल्याङ नगरपालिका–३ की सीता भट्टराई र उनका जुम्ल्याहा सन्तान दिपेश र दिपिका पहिरोमा पुरिएर मृत्यु भएको हो। 

 दिपेश र दिपिका जुम्ल्याहा दाजु-बहिनी हुन । उनीहरु बुटवलको कालिका मानवज्ञान माविमा कक्षा १० मा अध्ययनरत थिए । पढाइमा अब्बल रहेका उनीहरु बिधालयमा सधै उत्कृष्ट नतिजा सहित उतिर्ण हुन्थे ! उनिहरुलाई ३२ राष्ट्रका विद्यार्थीहरु सहभागी रहेको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन बंगलादेश पुग्नुपर्ने थियो । कार्यक्रममा सहभागी हुन ऊनीहरु माइक्रोमा चडेर शुक्रबार आमा सहित काठमाडौं जाँदै थिए । तर त्यो गाडी काठमाडौं पुगेन धादिङको झ्याप्ले खोलामा पहिरोमा पुरियो र गाडी संगै जुम्ल्याहा दाजु-बहिनि र आमा पनि अस्थाए  ।


शुक्रबार बिहान बुटवलबाट काठमाडौँ हिँडेको लु १ ज ४५७८ नम्बरको माइक्रोबस (विंगर) धादिङको झ्याप्लेखोलामा पहिरोमा पर्दा गाडीमा सवार चालकसहित १४ जनाको ज्यान गएको छ। सीता भट्टराईको परिवार पनि सोही गाडीमा सवार थियो। पहिरोमा पुरिएका सबैको पहिचान गरिएको छ।

घटनापछि वैदेशिक रोजगारीका लागि कोरियामा रहेका होमनाथ भट्टराईलाई परिवारको निधनको खबरपछि नेपाल बोलाइएको छ। होमनाथका आफन्त लिलाबल्लव भट्टराईका अनुसार, परिवारले केही वर्षदेखि रुपन्देहीमा बस्दै आएको थियो भने स्याङ्जामा पुरानो घरमा होमनाथका बुबा बस्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा