२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुरुङ मार्गबाट २२ सय यात्रु काठमाडौं भित्रिए, अत्यावश्यक ढुवानीका साधन पठाइँदै

२०८१, १३ आश्विन आईतवार १०:०७

असोज १३, काठमाडौं ।  काठमाडौं भित्रिने सडक झ्याप्लेखोलाको पहिरोका कारण रोकिएपछि सुरुङ मार्गबाट यात्रुलाई काठमाडौं पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङले काठमाडौँ प्रहरीसँग समन्वय गरेर अलपत्र यात्रुहरुलाई हिजो शनिबार दिनभर र आज पनि सुरुङ मार्गको प्रयोग गरी काठमाडौं पठाइएको हो ।

जिल्ला प्रहरी कार्यालय धादिङका निमित्त सूचना अधिकारी इन्स्पेक्टर प्रल्हाद सिलवालका अनुसार बाटोमा अलपत्र परेका २२ सय यात्रुलाई हिजो दिनभरमा सुरुङमार्ग प्रयोग गरी काठमाडौं पठाइएको हो ।


‘हामीले यताबाट गाडी प्रवेश गर्न दिएका छैनौँ, उनले भने, काठमाडौँतर्फबाट प्रहरीले समन्वय गरेर आएका गाडीमा अलपत्र यात्रुलाई हिजो दिनभर र आज पनि पठाएको हो ।’

उनका अनुसार आज चाहिँ बिहानदेखि नै अत्यावश्यक ढुवानीका सवारीसाधनलाई खानीखोला तर्फबाट सुरुङमार्ग हुँदै काठमाडौँ प्रवेश गराइएको छ । तर, यात्रुवाहक सवारी भने पठाइएको छैन । लगातारको झरीमा पनि सुरुङमार्ग भने राम्रो रहेकोले अलपत्र अवस्थामा रहेका यात्रुहरुलाई काठमाडौं पठाउन सकिएको उनले जानकारी दिए ।

उक्त क्षेत्रमा धादिङ प्रहरी प्रमुखकै कमाण्डमा टोली खटिएको उनले जानकारी दिए । खोँच क्षेत्र भएको कारण झ्याप्ले खोला, सुरुङ मार्ग आसपास यात्रुको उद्दार तथा बाटो सफाइमा खटिएका प्रहरीहरु कसैको पनि मोबाइल सम्पर्क हुन सकेको छैन ।

आजको पहिरो र गाडीहरू काठमाडौँ प्रवेश गराउन गरिएका कामको नेटवर्क समस्याका कारण यकिन तथ्याङ्क साँझ टोली फर्किएपछि मात्रै दिन सकिने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से