२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सन्दीप लामिछानेको अमेरिकी भिसा अझै अन्योलमा, एक महिनादेखि विचाराधीन

१४ आश्विन २०८१, सोमबार ०७:०३

असोज १४, काठमाडौँ । नेपाली क्रिकेट टोली हाल टी-२० त्रिकोणात्मक सिरिजमा क्यानाडामा खेलिरहेको छ, तर टीमका प्रमुख स्पिनर सन्दीप लामिछानेको आगामी अमेरिकामा हुने विश्वकप लिग २ खेलहरूमा सहभागिता अन्योलमा परेको छ। अमेरिकाको दूतावासले सन्दीपलाई अहिलेसम्म भिसा उपलब्ध गराएको छैन, जसका कारण उनको उपस्थितिलाई लिएर चिन्ता बढेको छ।

सन्दीपले क्यानाडा प्रस्थान गर्नु केही दिनअघि नै अमेरिकी भिसाका लागि आवेदन दिएका थिए, जहाँ अन्य खेलाडीहरूले तीन महिनाको भिसा पाए पनि उनलाई अझै भिसा दिइएको छैन। दूतावासले अन्तर्वार्ता लिई सके पनि पासपोर्ट फिर्ता गर्दै भिसा प्रक्रिया अझै जारी रहेको जनाएको छ।


नेपाल क्रिकेट संघ (क्यान) का एक स्रोतका अनुसार, दूतावासबाट केही सकारात्मक संकेत आएको छ, र भिसाको टुंगो अब एक-दुई दिनमा लाग्न सक्ने अपेक्षा गरिएको छ। "भिसाका लागि आवश्यक प्रक्रिया भइरहेछ। दूतावासबाट ग्रीन सिग्नल आएको छ," स्रोतले बतायो।

नेपालको लागि अत्यन्तै महत्वपूर्ण मानिएको विश्वकप लिग २ को खेलहरूमा नेपालले अमेरिकाको घरेलु टीमसँग दुई खेल र अर्को बलियो प्रतिद्वन्द्वी स्कटल्याण्डसँग दुई खेल खेल्ने तालिका छ। क्यानको प्रवक्ता छुम्बी लामाका अनुसार, नेपालले अक्टोबर ८ वा ९ तारिखमा अमेरिका प्रस्थान गर्ने योजना बनाएको छ, र त्यतिन्जेलसम्म सन्दीपले भिसा प्राप्त गर्ने आशा गरिएको छ।

क्यानाडामा नेपालले आफ्नो अन्तिम टी-२० खेल अक्टोबर २ तारिखमा घरेलु टीमविरुद्ध खेल्ने छ, जसपछि अमेरिकामा हुने खेलहरूको तयारी हुनेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला