२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

नेपाल घुम्न आएका दुई कोरियाली रिसोर्टमा पहिरोले पुरिएर मृत्यु

१४ आश्विन २०८१, सोमबार १२:२९

असोज १४,  काठमाडौँ ।  सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–४ स्थित सिन्धु बिच रिसोर्टमा आएको पहिरोमा परी दुई जना कोरियन नागरिक र नेपाली सेनाका प्रमुख सेनानी मिलन केसीको ज्यान गएको छ। पहिरोले पुरेर कोरियन नागरिक लि जिन वु र यु वा ह्वान योङको मृत्यु भएको हो। घटना असोज १२ गते दिउँसो साढे १२ बजेतिर भएको हो, जब रिसोर्टको माथिबाट आएको पहिरोले उनीहरूलाई पुरेको थियो।

प्रमुख सेनानी मिलन केसी, जो नेपाली सेनामा हालै कर्णेलमा बढुवा भएका थिए, र कोरियन नागरिक यु वा ह्वान योङको घटनास्थलमै मृत्यु भएको थियो। अर्को कोरियन नागरिक लि जिन वुको शव आइतबार पहिरोबाट निकालिएको प्रहरीले जनाएको छ। उनको शव जिल्ला अस्पताल चौतारामा राखिएको छ भने आइतबार नै त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टमको तयारी गरिएको छ।

प्रमुख सेनानी केसी र कोरियन नागरिकहरूको चिनजान कोरिया भ्रमणका क्रममा भएको थियो। उनीहरूको निमन्त्रणामा नेपाल आएका ती दुई जना कोरियन नागरिक प्रमुख सेनानीसँगै सिन्धु बिच रिसोर्ट पुगेका थिए, तर पहिरोको त्रासदीमा उनीहरूको जीवन समाप्त भएको हो। देशभरको पहिरोमा हालसम्म झण्डै दुई सय जनाको मृत्यु भइसकेको छ भने केही मानिसहरू अझै बेपत्ता छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला