असोज १४, काठमाडौँ । यातायात व्यवसायीहरूले अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी गरेका छन् ।
राजमार्गमा पहिरो जाने क्रम नरोकिएको र सवारी साधनको सेड्युल बिग्रिएको भन्दै टिकटको अग्रिम बुकिङ बन्द गर्ने तयारी गरिएको नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघले जानकारी दिएको छ ।
अविरल वर्षासँगै गएको बाढी पहिरोका कारण चार दिनदेखि रोकिएका सवारी साधनहरू सोमबारदेखि गन्तव्यका लागि छुटेको थिए । पृथ्वी राजमार्गमा गएको पहिरोका कारण ती सवारी साधनहरू रोकिएका थिए । यसबाहेक पश्चिम नवलपरासीको दुम्कीबासमा गएको पहिरोका कारण त्यहाँ पनि सडक अवरुद्ध भएको थियो ।
अहिले छुटेका गाडी घटस्थापनादेखि टिकट काटेकालाई पुर्याउन गाडीहरू फर्किएर आउनै नभ्याउने स्थिती छ । त्यसैले टिकट नै बिक्री गर्नुपर्ने अवस्था रहेको यातायात राष्ट्रिय व्यवसायी महासंघले जनाएको छ ।