२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

इजरायलले विभागलाई पठायो केयर गिभरमा लक्की ड्र मार्फत भएका २११२ जनाको सूची, ९० जनाको नाम हटाइयो

१५ आश्विन २०८१, मंगलवार ०६:५८

असोज १४,  काठमाडौँ । इजरायलले लक्की ड्र मार्फत केयर गिभरका लागि छनौट भएका नेपालीहरूको सूची वैदेशिक रोजगार विभागलाई पठाएको छ। असोज १३ गते इजरायलस्थित पिवाले १,१५६ महिला र ९५६ पुरुष गरी २,११२ जनाको नाम विभागलाई पठाएको हो।

पिवाले मेलमार्फत पासपोर्ट नम्बर, नाम, थर, रजिस्ट्रेसन नम्बर र रन नम्बरका आधारमा नतिजा पठाएको थियो। वैदेशिक रोजगार विभागले पिवाबाट प्राप्त जानकारीको आधारमा छनौट भएका उम्मेदवारहरूको नाम सार्वजनिक गर्ने निर्णय गरेको छ। अब छनौट भएका उम्मेदवारहरूले स्वास्थ्य परीक्षण लगायतका प्रक्रियाहरू पूरा गर्नुपर्नेछ।

यसअघि पिवाले २९ अगस्टमा लक्की ड्र गरी १,१९६ महिला र १,००६ पुरुष गरी २,२०२ जनालाई छनोट गरेको थियो। तर, केहीको सर्टिफिकेटमा कैफियत देखिएको भन्दै ९० जनाको नाम सूचीबाट हटाइएको थियो।

नेपाल र इजरायल सरकारबीच भएको श्रम सम्झौताअनुसार इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा कामदार पठाउन गत असार ११ गते वैदेशिक रोजगार विभागले आवेदन आह्वान गरेको थियो।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला