२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

दसैँमा घर पोत्ने माटो खन्ने क्रममा ढिस्कोले पुर्दा २ जनाको मृत्यु

२०८१, १६ आश्विन बुधबार १०:०७

असोज १६, काठमाडौँ । दशैँको सरसफाइका लागि माटो खन्ने क्रममा हुम्लामा दुई जनाको मृत्यु भएको छ। बुधबार बिहान ८ बजेतिर ताँजाकोट गाउँपालिका-३, औलस्थित सियाणी खोलामा माटोको ढिस्कोले पुरिएर २४ वर्षीय ध्रुव शाही र २४ वर्षीया मनसरा मल्लको ज्यान गएको हो। मृतक शाही ताँजाकोट गाउँपालिका रोजगार शाखामा प्राविधिकका रूपमा कार्यरत थिए।


स्थानीय प्रशासनका अनुसार, उनीहरू दशैँको घर सफाइका लागि आवश्यक सेतो कमेरो खन्न गएका थिए। खनिरहेको माटोको ठाउँमा ओढार बनेको थियो, जसको कारण माथिबाट खसेको ढिस्कोले उनीहरूलाई पुरेको हो। दुर्घटनामा २६ वर्षीय लालबहादुर शाही पनि घाइते भएका छन्, जसलाई स्थानीय स्वास्थ्य केन्द्रमा उपचार गराइएको छ।

स्थानीय बासिन्दाहरूले वर्षौंदेखि घरको पोताइका लागि चुनाको सट्टा सेतो कमेरोको प्रयोग गर्दै आएका छन्। यस दुर्घटनापछि माटो खन्ने स्थानको सुरक्षा व्यवस्थामा थप ध्यान दिनुपर्ने आवश्यकता औंल्याइएको छ। मृतकहरूको शव पोस्टमार्टमका लागि सिमकोटबाट आएको चिकित्सक टोलीले जाँच गर्ने तयारी गरेको छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से