असोज १६, काठमाडौँ । सरकारले भोलि सार्वजनिक बिदा दिएको छ । भोलि दशैँको पहिलो दिन अर्थात घटस्थापना भएकाले सार्वजनिक बिदा दिएकाे हो ।
सार्वजनिक बिदा भएका कारण सरकारी कार्यालय, बैंक तथा वित्तिय संस्था, विद्यालय, बीमा, सेयर बजार बन्द हुने छन् ।