२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

हनी–ट्रयापमार्फत ५० वर्षीय विनोदको अपहरणपछि हत्या, मुख्य योजनाकार २१ वर्षीय युवतीसहित ५ जना पक्राउ

२०८१, १७ आश्विन बिहीबार ०६:५२

 असोज १७, काठमाडौँ | काठमाडौँका एक ५० वर्षीय व्यापारी, विनोद खड्गीको अपहरणपछि फिरौती असुली गरेर हत्या गरिएको घटना काभ्रेको पाँचखालमा सार्वजनिक भएको छ। असोज ६ गते बिहान साढे ८ बजे पाँचखाल नगरपालिका-८ को ४९ किलो भन्ने स्थानमा खड्गीको शव फेला परेको थियो। जिल्ला प्रहरी काभ्रेले घटनाको अनुसन्धान गर्दै अपहरण र हत्या गरी फिरौती लिएको पुष्टि गरेको छ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका २ घर भई भक्तपुरको मध्यपुर ठिमीमा डेरा बस्ने २१ वर्षीया मनिषा महत, काठमाडौँको शंकरापुर नगरपालिका ५ का २२ वर्षीय सरिन घिमिरे र २१ वर्षीय निकेश पौडेल, महोत्तरीको गौशाला नगरपालिका ६ घर भई भक्तपुरको कौशलटार बस्ने आशिष पासवान र बागलुङको गलकोट नगरपालिका ७ घर भई कोटेश्वर बस्ने १९ वर्षीय प्रतिश गौतम रहेका छन्। 


ती व्यवासायीलाई हनी–ट्रयापमा पारेर युवतीको कोठामा बोलाएको र अपहरण गरी ५ लाख रूपैयाँ फिरौती पनि लिएको खुलेको छ। मनिषालाई भेट्न गएका खड्गीलाई यी ५ जनाले मनिषाको कोठाबाटै अपहरण गरेको र कुटपिट गरी फिरौती रकम लिएको काभ्रेका डीएसपी मीनबहादुर घलेले जानकारी दिए। 

फिरौती रकम लिइसकेपछि उनीहरूले खड्गीको हत्या गरेर शव झाडीमा फालिदिएका थिए। 

यसरी भयो अपहरणपछि हत्या

असोज ६ गते बिहान साढे ८ बजे, पाँचखाल नगरपालिका ८ को ४९ किलो भन्ने ठाउँमा एक पुरुषको शव फेला पर्‍यो। शवको तत्काल सनाखत हुन नसके पनि, प्रहरीले सामाजिक सञ्जालमार्फत हुलिया सार्वजनिक गरी शवको पहिचान गरायो। मृतक विनोद खड्गी रहेको कुरा उनका छोरा विशाल खड्गीले सनाखत गरे र अपराधको अनुसन्धान गर्दै दोषीलाई कारबाहीको माग राख्दै जाहेरी दिए।

प्रहरीले अनुसन्धान गर्दा घटनाको कारण पत्ता लाग्यो। करिब तीन महिना अघि मनिषा, अन्सु, र शिवम् नामका व्यक्तिहरूले भारतको ग्रेटर नोइडामा तुषार नामका व्यक्तिलाई कुटपिट गरी फिरौतीको रूपमा १ लाख ५० हजार भारतीय रुपैयाँ लिएर नेपाल फर्केका थिए।

नेपाल फर्केपछि उनीहरूले मनिषा मार्फत फेरि धनी व्यक्तिलाई यौन जालमा पारेर रकम लुट्ने योजना बनाए। असोज ४ गते साँझ ५ बजे भक्तपुरको राधेराधेमा रहेको मनिषा महतको डेरामा अन्सु, शिवम्, सरिन, र रिकेश भेला भए। उनीहरूले भोलिपल्ट एक व्यवसायीलाई फसाउने योजना बनाए, जसमा रक्सी खुवाएर, खाना खुवाएपछि कुटपिट गरी हातखुट्टा बाँधेर डर देखाउँदै फिरौती रकम माग्ने योजना थियो।

असोज ५ गते, अन्सु खानले प्रतिक गौतमलाई भेटी योजना बनायो र चारजना हिमालय गेटमा भेट्ने योजना बनाए। त्यतिखेर मनिषाले विनोद खड्गीलाई फोन गरी आफ्नो नागरिकताको प्रतिलिपी बनाउन सहयोगको लागि बोलाइन्। विनोद डेढ घण्टापछि गाडीमा मनिषाको डेरामा पुगे। त्यहाँ खाना खाइसकेपछि, मनिषाले अन्सुलाई फोन गरी योजना अघि बढाइन्।

अन्सु, शिवम्, सरिन, रिकेश, प्रतिक र आशिष मनिषाको डेरामा पुगे र पूर्व योजनाअनुसार विनोदलाई कुटपिट गरे। त्यसपछि, ३० लाख रुपैयाँ फिरौती माग्ने योजना बनाए, तर विनोदले आफूले ५ लाखसम्म मात्र दिन सक्ने बताए। विनोदले प्रदीप थापा मगरलाई फोन गरी ५ लाख रुपैयाँ तुरुन्तै ल्याउन भने। साँझ प्रदीप पैसा लिएर भाटभटेनी अगाडि आए र आशिषलाई ५ लाख रुपैयाँ दिए। आशिषले पैसा मनिषाको कोठामा ल्याएपछि, उनीहरूले विनोदलाई मार्ने योजना बनाए।

राति १० बजे, उनीहरूले गाडीमा विनोदलाई राखेर गुन्डु जाने बाटोमा लगे। गाडी रोकि विनोदको छातीमा ढुंगा प्रहार गरी हत्या गरे र शवलाई पाँचखालको ४९ किलो नजिकको झाडीमा फालिदिए। त्यसपछि उनीहरू विनोदकै गाडी चढेर फरार भए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से