२५ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

समयमा उपचार नपाउँदा अछाममा सुत्केरीको मृत्यु

१७ आश्विन २०८१, बिहीबार ०८:४८

असोज १७, काठमाडौँ | समयमा उपचार नपाउँदा अछाममा एक सुत्केरी महिलाको मृत्यु भएको छ। जिल्लाको ढकारी गाउँपालिका–६ की २९ वर्षीया सरिता देवी जैसीको उच्च रक्तस्रावका कारण ज्यान गएको हो। जिल्ला प्रहरी कार्यालय अछामले दिएको जानकारी अनुसार, गए राति करिब १२ बजे जैसीलाई सुत्केरी बेथा लागेको थियो।

परिवारका सदस्यहरूले उनलाई स्वास्थ्य चौकी ढुङ्गाचाल्ना लैजाँदै गर्दा बीच बाटोमै बच्चा जन्मिएको थियो। बच्चा जन्मिएको केही समयपछि उनको रक्तस्राव सुरु भएको थियो। उनलाई स्वास्थ्य चौकी पुर्‍याइए पनि त्यहाँ आवश्यक उपकरण र दक्ष जनशक्ति नभएको भन्दै थप उपचारको लागि जिल्ला अस्पताल मङ्गलसेन लैजान सल्लाह दिइएको थियो।


जिल्ला अस्पताल मङ्गलसेन पुर्‍याउन करिब ७ घण्टाको समय लाग्दा, उपचार पाउनुअघि नै जैसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख, प्रहरी नायब उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले जानकारी दिए।

अस्पतालमा ढिलो पुर्‍याएकाले मृत्यु भएको जिल्ला अस्पताल अछामका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. अधिराज आचार्यले बताए।

यसअघि, बैतडीको पञ्चेश्वर गाउँपालिका–१ की १८ वर्षीया मनीषा घटालको पनि समयमा उपचार नपाउँदा मृत्यु भएको थियो। अत्यधिक रक्तस्रावका कारण उनले मृत बच्चा जन्माएकी थिइन्। पहिरोले बाटो अवरुद्ध भएकाले समयमै स्वास्थ्य संस्था पुग्न नसक्दा मृत्यु भएको थियो।

सुदूरपश्चिममा हरेक वर्ष समयमा उपचार नपाएर सुत्केरी महिलाको मृत्यु हुने क्रम जारी छ। हेलिकप्टर उद्धारको व्यवस्था भए पनि सबैको पहुँचमा त्यो सेवा अझै पुग्न सकेको छैन।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा ‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’ आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा जान अनिच्छुक नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने यमन नेता तस्करीको आरोपले साउदी–युएई तनाव राष्ट्रपतिसँग बिदाइ भेट ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त होः गृहमन्त्री काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस पेट्रो–ट्रम्प टकरावले कोलम्बिया कूटनीतिक दोधारमा श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने कञ्चनजङ्घा आधार शिविर सुनसान शङ्खरापुर दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो