२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

नेपालले भारतको बाटो हुँदै बंगलादेशलाई ४० मेगावाट बिजुली बेच्ने, तीन देशबीच सम्झौता

२०८१, १७ आश्विन बिहीबार ११:५१

असोज १७, काठमाडौँ | नेपालले बंगलादेशलाई ४० मेगावाट विद्युत् बिक्रीका लागि भारतसँग त्रिपक्षीय सम्झौता गरेको छ। बुधबार आयोजित विशेष समारोहमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, बंगलादेश पावर डेभलपमेन्ट बोर्डका अध्यक्ष मोहमद रिजाउल करिम र भारतको नोडल एजेन्सी एनभिभिएनका प्रमुख कार्यकारी रेणु नाराङले हस्ताक्षर गरेका हुन्।


सम्झौताअनुसार, नेपालले भारतीय संरचना प्रयोग गरी बंगलादेशलाई विद्युत् निर्यात गर्नेछ। यसका लागि मुजफ्फरपुरदेखि भारतीय प्रसारण लाइनमार्फत विद्युत् बंगलादेश पुर्याइनेछ।

त्रिशूली र चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादन भएको ४० मेगावाट विद्युत् पाँच महिना (जुन १५ देखि १५ नोभेम्बरसम्म) बंगलादेशलाई निर्यात गरिनेछ। प्रति युनिट ८ रुपैयाँ १७ टाका (९ रुपैयाँ ३० पैसा) मा विद्युत् बिक्री गरिने प्राधिकरणले जनाएको छ।

ऊर्जा मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौतका अनुसार, यो सम्झौता नेपालको जलविद्युत् व्यापारका लागि महत्वपूर्ण उपलब्धि हो। नेपाल र बंगलादेशले संयुक्त रूपमा सुनकोशी तेस्रो जलविद्युत् आयोजना निर्माणका लागि पनि सहकार्य गर्ने सहमति गरेका छन्।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा