बिमल खड्का काक्तिक २१ बाग्लुङ उद्योग बाणिज्य संघ इकाइ बुर्तिबाङको आयोजनामा आज बुर्तिबाङमा सर्वदलीय सर्वपक्षीय बैठक सम्पन्न भएको छ । बैठकमा जिल्ला प्राविधिक समितिले पछिल्लो समयमा सिफारिस गरेको बुुर्तिबाङ गाउँपालिकालाई नै नगरपालीकाको रुपमा घोषण"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...  बिमल खड्का काक्तिक २१ बाग्लुङ उद्योग बाणिज्य संघ इकाइ बुर्तिबाङको आयोजनामा आज बुर्तिबाङमा सर्वदलीय सर्वपक्षीय बैठक सम्पन्न भएको छ । बैठकमा जिल्ला प्राविधिक समितिले पछिल्लो समयमा सिफारिस गरेको बुुर्तिबाङ गाउँपालिकालाई नै नगरपालीकाको रुपमा घोषण"/>
९ माघ २०८२, बिहीबार
पर्बत - PBT

बुर्तिबाङमा सर्वदलीय बैठक सम्पन्न बुर्तिबाङलाई नगरपालिका बनाउनुपर्नेमा सवैको जोड

२१ कार्तिक २०७३, आईतवार १३:४८

 बिमल खड्का काक्तिक २१ बाग्लुङ उद्योग बाणिज्य संघ इकाइ बुर्तिबाङको आयोजनामा आज बुर्तिबाङमा सर्वदलीय सर्वपक्षीय बैठक सम्पन्न भएको छ । बैठकमा जिल्ला प्राविधिक समितिले पछिल्लो समयमा सिफारिस गरेको बुुर्तिबाङ गाउँपालिकालाई नै नगरपालीकाको रुपमा घोषणा गरिनुपर्ने भन्दै सर्वपक्षीय निर्णय गरेको छ ।

स्थानीय तह पुनर्संरचना आयोग अन्तरगतको जिल्ला प्राविधिक समितिले पछिल्लो समयमा इलाका नं १० का चार गाविस तथा भीमगिठे र दर्लिङ गरि ६ गाविसलाई समेटी बुर्तिबाङ गाउँपालीकाको प्रस्ताव बाहिर ल्याएको थियो । आज आयोजित उक्त बैठकले प्रस्तावित भूगोल र गाविसहरुमा सहमती जनाए पनि बुर्तिबाङलाई गाउँपालिका नभएर नगरपालिका बनाउनु पर्ने भन्दै उक्त निर्णय गरेको हो । स्रोत , साधन र भौतिक पूर्वाधारको हिसाबले पनि बुर्तिबाङलाई नगरपालिका बनाउनु पर्ने कुरामा यसभन्दा पहिला पनि पटक पटक स्थानीय राजनीतिक दल र सर्वपक्षीय निर्णय भएको भन्दै बुर्तिबाङलाई गाउँपालिका नभई नगरपालिका बनाउनु पर्ने निर्णय गरिएको नेकपा एमालेका ज्ञानप्रसाद कँडेलले बैठकको निर्णय पढेर सुनाउनु भएको थियो ।

उक्त बैठकमा नेपाली काँग्रेशका बान बहादुर छन्त्याल, नेकपा एमालेका ज्ञानप्रसाद कँडेल, नेकपा माओवादी केन्द्रका चन्द्र अर्याल, राष्ट्रिय जनमोर्चाको तर्फबाट गौरिश्वर पाण्डे, नेकपा माओवादीका हरि कुँवर, महिला प्रतिनिधि दुर्गादेवी घर्ती त्यसै गरि स्थानीय समाजसेवी तुल्सीराम अर्याल, दल बहादुर भण्डारी, नहकुल कुँवर, घनश्याम चालिसे, लालवीर लोप्चन, क्याम्पस प्रमुख कृष्णकान्त आचार्य लगायतले आफ्नो विचार व्यक्त गर्नुभएको थियो । नेकपा एकीकृतका निल बहादुर पुनले भने आफ्नो पार्टीको आधिकारिक धारणा नरहेकाले अहिले केहि भन्न नमिल्ने बताउदै व्यक्तिगत रुपमा भने विरोध नरहेको खुलासा गर्नुभएको थियो । बैठकमा अन्य उपस्थित सबैले बुर्तिबाङ केन्द्र रहने गरि ढोरपाटन नगरपालिका नामाकरण गरि बुर्तिबाङलाई प्रस्तावित भूगोललाई नै समेटी नगरपालिका बनाउनु पर्नेमा जोड दिएका थिए । केही वक्ताहरुले यसका लागि अन्य गाविसका राजनीतिक दलहरुसंग पनि छलफल सहकार्य गरि साझा सहती बनाउँदा अझै राम्रो हुने सुझाव दिएका थिए । 

आजनै ईमले मार्फत जिल्ला प्राबिधीक समक्ष तथा आ आफना पार्टिका जिल्ला स्तरीय नेता समक्ष आफनो माग पठाईएको छ । यदि आफनो माग सुनुवाई नभएमा थप कार्यक्रम सहित अगाडि बदिने बताईएको हो । कार्यक्रम उधोग बाणिज्य सँघ ईकाई बुर्तिबाङका उपादक्ष निमलाल पाण्डेको अध्यक्षतामा भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो