२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

थाहा नगरपालिकामा कार्यालय प्रमुख नहुँदा कामकाज ठप्प

२०७३, २८ बैशाख मंगलवार ०२:४३

वैशाख २८, मकवानपुर । उत्तरी मकवानपुरको थाहा नगरपालिकामा कार्यालय प्रमुख
नहुंदा कामकाज ठप्प भएको छ ।

विगत डेड महिना भन्दा वढि देखि
कार्यकारी अधिकृत बिहीन हुँदा सो नगरपालिकाका कामकाज ठप्प भएका हुन् । समान्य बाहेक महत्वपूर्ण कामकाज
प्रभावित भएपछि सेवाग्राही मर्कामा परेका छन् ।

गत २०७१ माग १
गते नगरपालिकाको कार्यकारी अधिकृतको जिम्मेवारी लिएर आएका हरिलाल पुरी २०७२ चैत्र १५ गते नवलपरासी
जिल्लाको कावासोती नगरपालिकामा सरुवा भएर गएपछि करिव १ डेड महिना वितिसक्दा समेत कार्यलय प्रमुख नआउदा
नगरपालिकाको दैनीक काम कार्वाहीमा समस्या भएको हो ।

कार्यालय
प्रमुख नहुँदा आर्थिक महत्वपूर्ण काम नभएको, कर्मचारीले तवल समेत लिन नपाएको र विकास निर्माणका कामकाज
पनि पूर्ण रुपमा ठप्प भएको थाहा नगरपालिका प्रसाशन शाखाका प्रमुख अनिल लामिछानेले बताउनु भयो । ठुला
विकास निमार्णका योजना यथावत् नै छ सरकारले दिएको वृद्धा को लागि वृद्धा वत्ता समेत वितरण गर्न नसक्दा
वुढेस्कालका वृद्ध, वृद्धा हरुलाई ठुलो समस्या सामाना गर्नु परेको थाहानगरका प्राविधिक सुकदेव विडारीले
बताउनु भयो ।

विगत डेड महिना यता देखि कार्यालय प्रमुख नभए पछि
नगरपालिका वाट गरीने काम कार्वाही प्रभावित हुदै आएको र यस तर्फ सम्वन्धित निकायले भने बेवास्ता गरेको
भन्दै सर्वसाधारण तथा सेवाग्राही आक्रोषित भएका छन ।

यता यस
बारेमा कार्यालयले पटक पटक मौखिक जानकारी गराएपनि हाल सम्म सम्बन्धित मन्त्रलाय तथा विभागले कुनै चासो
नदेखाएको कर्मचारीहरुको गुनासो छ । अबको २,३ दिन भित्र प्रमुख पठाउने आश्वसन दिएकोले त्यतिन्जेल सम्म
कुर्ने र नपठाएको खण्डमा मन्त्रालयमा डेलिगेसन जाने तयारी गरिरहेको राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष
लक्ष्मण विष्टले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी