४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पामा आँखाका रोगीमा महिलाको सङ्ख्या बढी

२३ कार्तिक २०७३, मंगलवार ०३:३३

कविता उपाध्याय, कात्तिक २३, रोल्पा । आर्थिक अभाव तथा अज्ञानताका कारण घोडागाउँ, रोल्पाकी चम्कली रिजालले गर्भावस्थामा राम्रो स्याहारसुसार पाउन सक्नुभएन, जसका कारण उहाँको बच्चा (छोरी) जन्मिँदै कुपोषित भइन् । 

बच्चा जन्मिसकेपछि पनि आवश्यकता अनुसार स्याहारसुसार र खानपिन नमिल्दा आमा र बच्चा दुवैको स्वास्थ्य नाजुक बन्दै गएको उहाँले बताउनुभयो । ऋण काढेर लाखौँ खर्च र लामो समयको उपचारपछि आमा र बच्चाको स्वास्थ्यमा केही सुधार आएपनि अन्तमा बच्चा कुपोषणका कारण दृष्टिविहीन भयो । 

डाक्टरको परामर्श पाएपछिमात्र रिजाल परिवारलाई कुपोषणका कारण बच्चा दृष्टिविहीन भएको थाहा भएको चम्कलीका श्रीमान्ले बताउनुभयो । समयमा गर्भवती श्रीमती र दुधे बालकलाई राम्रो ख्याल नगर्दा लाखौँ सम्पत्ति त गुम्यो, त्यसमाथि सन्तानले पनि जीवनभरका लागि दृष्टि गुमाउनु पर्यो , उहाँले चिन्तित हुँदै भन्नुभयो । 

यस्तै, गजुल–१ रोल्पाकी ६८ वर्षीया धिमा महराका अनुसार जवानीमै उहाँको आँखामा समस्या आएको थियो तर उहाँ डाक्टरकहाँ चेकजाँचका लागि पुग्नु भएन बरु उहाँले जथाभावी आँखामा घरेलु सामग्रीको प्रयोग गर्नुभयो । समयमै आँखा चेकजाँच नगर्दा दृष्टिविहीन हुनुपर्छ भन्ने उहाँले कहिल्यै पनि सोच्नुभएको थिएन । 

लामो समयसम्म उहाँको आँखा पाक्यो, अन्तमा असह्य पीडा भएपछि मात्र उहाँ अस्पताल पुग्नुभयो । दुर्भाग्य, उहाँको आँखाको ज्योतिमात्र गुमेन विभिन्न घरेलु उपचारका कारण उहाँको आँखा गलेर कामै नलाग्ने भइसकेको रहेछ । हाल उहाँले नक्कली आँखा प्रयोग गर्न बाध्य हुनुभएको छ । “यौटा आँखा फुट्यो, अर्को आँखा पनि निकै कमजोर छ, संसार अन्धकार भएर बाँच्नुभन्दा मर्नै वेश”, उहाँले दुःखेसो पोख्नुभयो । 

यस्तै, गजुल—६ रोल्पाकी पाना सुवेदीले पनि लामो समयदेखि आँखाको समस्या झेल्दै आउनु भएको छ । उहाँ भन्नुुहुन्छ, डाक्टरले धुवाँधुलोबाट आँखालाई जोगाउने सल्लाह दिनुभएको छ, तर प्रत्येक दिन आगो बालेर खाना पकाउनै प¥यो, घर आँगनको धुलो सफा गर्नै पर्यो  कसरी धुवाँ धुलोबाट बच्नु रु धुवाँधुलोमा काम गर्दा वा रुख चढ्दा चश्मा लगाउन नमिलेपछि उहाँलाई थप समस्या हुने गरेको छ । 

आँखाको समस्या झेल्दै आएका यी त प्रतिनिधि पात्र मात्र हुन् । रोल्पामा यस किसिमका आँखाका रोगीको सङ्ख्या दिनानुदिन बढ्दै गएको सामुदायिक आँखा केन्द्र, रोल्पाले जनाएको छ । त्यसमा पनि पुरुषभन्दा महिलाको सङ्ख्या नै बढी भएको सामुदायिक आँखा केन्द्र रोल्पाका इन्चार्ज विमलबहादुर बिसीले जानकारी दिनुभयो । उहाँका अनुसार सन् २०१६ को करिब नौ महिनामा मात्र जम्मा छ हजार २६२ जना आँखाका बिरामीले आँखा चेकजाँच गराएका छन्, जसअन्तर्गत २,७१३ पुरुष र ३,५५१ महिला रहेको देखिन्छ । 

आँखाका कुल बिरामीमध्ये ३,७४८ जना बिरामी जिल्ला आँखा केन्द्र, लिबाङमा चेकजाँचका लागि आएका हुन् भने दुई हजार ५१६ जना बिरामीले राङ्सी, इरिबाङ, गुम्चाल, होलेरी, जुगार, गैरीगाउँ, घर्तीगाउँ, मिरुल टुटु र थबाङ घुम्ती शिविरमा आँखा चेकजाँच गराएका हुन् । 

यसरी आँखा चेकजाँचका लागि घाँस दाउराले आँखामा चोटपटक लागेका, आँखामा फुलो परेका, आँखाको एलर्जी तथा दृष्टिदोष भएका, आँखा पाक्ने समस्या भएका र चश्मा प्रयोग गर्नुपर्ने खालका बिरामी आउने गरेको इन्चार्ज बिसीको भनाइ छ । 

उहाँँका अनुसार यसरी चेकजाँच गरेका आँखाका बिरामीमा पुरुषभन्दा महिलाको सङ्ख्या बढी हुनुमा महिला घरायसी कामकाजमा बढी व्यस्त हुनु वा घरायसी कामबाट छुटकारा नपाउनु, चर्को घाममा काम गर्नु, अत्यधिक दाउरा प्रयोगका कारण धुवाँधुलोबाट प्रभावित हुनु, डाक्टरको सल्लाह नै नलिई जथाभावी औषधि प्रयोग गर्नु, महिलाले गर्भावस्थामा वा बच्चा जन्मिसकेपछि पनि स्वास्थ्यमा विशेष सावधानी नअपनाउँदा कुपोषित हुनु तथा दृष्टिदोषका कारण चश्मा लगाउनु पर्ने बिरामीले पनि निरन्तर चश्मा प्रयोग गर्न नपाउनु आदि कारणले समस्या चुलिँदै जाने गरेको पाइएको छ । 

यस्तै, सामुदायिक आँखा केन्द्र, रोल्पाका पूर्व इन्चार्ज भोजराज पोख्रेलका अनुसार अझै पनि जनतामा चेतनाको अभाव छ जसका कारण आँखा जस्तो संवेदनशील अङ्गमा समस्या हुँदाहुँदै पनि गाउँघरमै धामीझाँक्री र झारफुकमै विश्वास गर्ने गरेको पाइन्छ । यसका लागि समयमै सबै सचेत बन्न र सचेत बनेका नागरिकले चासो राख्न जरुरी छ उहाँले भन्नुभयो । 

यस्तै, महिला अधिकारकर्मी पुष्पा श्रेष्ठका अनुसार हाम्रो जस्तो पितृसत्तात्मक सोच र चिन्तन बोकेको समाज जहाँ महिलाले मात्र घरायसी कामकाज वा चुलोचौकोको जिम्मेवारी लिनुपर्ने बाध्यता छ, यस्तै लैङ्गिक विभेदका कारण विभिन्न जटिल चुनौती सामना गर्नुपर्ने बाध्यता महिलामा नै सीमित छ । 

“जबसम्म महिला र पुरुषका बीचमा समान काम, समान जिम्मेवारी र समान दायित्वबोध हुँदैन तबसम्म समाजमा प्रत्यक्ष वा अप्रत्यक्षरुपमा महिला नै प्रताडित भएर बाँचिरहनु पर्छ । त्यसैले समुन्नत समाज निर्माणका लागि महिला र पुरुषको हरेक क्षेत्रमा समान सहभागिताको खाँचो छ,” उहाँले भन्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ