2026-07-08 02:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विद्युत्भार कटौतीमुक्त अभियान निरन्तर – मन्त्री शर्मा

कात्तिक २५, काठमाडौँ । सरकारले परीक्षणका रुपमा काठमाडौँ उपत्यकामा लागू गरेको विद्युत्भार कटौती मुक्त अभियानलाई निरन्तरता दिने र देशका अन्य भागमा समेत अभियान केन्द्रित गर्ने भएको छ । 

विगत केही समयदेखि जारी रहेको विद्युत्भार कटौती मुक्त अभियानलाई सार्थक बनाउन प्राविधिक रुपमा तयारी गरिएको, वैकल्पिक स्रोतको पहिचान र भारतबाट थप विद्युत् आयात गर्ने विषयमा छलफल जारी रहेको जनाएको छ । 

ऊर्जा मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा ऊर्जा मन्त्री जनार्दन शर्माले प्राप्त भएकै स्रोतलाई परिचालन गरेर परिक्षणका रुपमा काठमाडौँ उपत्यकालाई विद्युत्भार कटौतीमुक्त गरिएको र त्यसलाई जारी राख्ने तयारी गरिएको बताउनुभयो । 

साँझको समयमा उपत्यकामा ३०० मेगावाट विद्युत् आवश्यक भएपनि राति र बिहानको समयमा माग आधाभन्दा कममा घट्ने भएकाले व्यवस्थापन नै प्रमुख विषय रहेको उहाँको भनाइ छ । 

कुलेखानीको पानी सिध्याउने र उपत्यका बाहिर विद्युत्भार कटौती थप गरेर काठमाडौँमा नियमित विद्युत् दिइएको भनेर गरिएको प्रचारमा समेत सत्यता नरहेको भन्दै मन्त्री शर्माले मागअनुसार विद्युत् वितरण गर्न प्राधिकरण सक्षम हुने दाबी गर्नुभयो । 

हाल एक हजार ४०० मेगावाट विद्युत्को माग भए पनि केन्द्रीय प्रणालीमा आठ सय मेगावाट बढी विद्युत् उपलब्ध भइरहेको र आगामी एक महिनाभित्र ४५ मेगावाट विद्युत् थप हुने उहाँको भनाइ थियो । 

यस्तै लामो समयदेखि अवरुद्ध रहेको चमेलिया, कुलेखानी तेस्रो र माथिल्लो त्रिशूली थ्री ‘ए’ जस्ता आयोजनालाई युद्धस्तरमा अगाडि बढाइएको जानकारी दिँदै उहाँले खिम्ती ढल्केबर प्रसारण लाइन र ढल्केबरमा रहेको सवस्टेसनको निर्माणले समेत गति लिएकाले आगामी हिउँदमा सहज रुपमा विद्युत् उपलब्ध हुने बताउनुभयो । 

पत्रकार सम्मेलनमा ऊर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय, जल तथा ऊर्जा आयोगका अधिकारी र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पछिल्लो तीन महिनामा भएका कार्यप्रगतिका बारेमा जानकारी दिनुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली