२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरा पिस क्रिकेट कपको तयारी पूरा, भोलिको उद्घाटन खेल फ्यूचर स्टार र अल इन वानका बीचमा हुने

२०७२, १८ भाद्र शुक्रबार ११:१५

भदौ १८, पोखरा । पोखरा पिस
क्लवले भदौ १९ गतेदेखि २६ गतेसम्म आयोजना गर्न लागेको नवौं खुल्ला पोखरा पिस क्रिकेट कपको तयारी पूरा
भएको छ ।

प्रतियोगिताको उद्घाटन खेल शनिवार बिहान ९ः१५ बजे
फ्यूचर स्टार क्रिकेट क्लव र अल इन वान क्रिकेट क्लवकाबीच हुनेछ ।
प्रतियोगितामा पोखराका क्रिकेट
क्लवहरु पोखरा क्रिकेट क्लव, फ्यूचर स्टार क्रिकेट क्लव, अल इन वान क्रिकेट क्लव, म्याजिक क्रिकेट क्लव,
रामबजार व्वाइज व्वाइज क्रिकेट क्लव, पोखरा क्रिकेट एकेडेमी, पोखरा वारियर्स क्रिकेट क्लव, लामाचौर
क्रिकेट क्लव, धौलागिरी क्रिकेट क्लव बाग्लुङ्ग, वेष्टर्न क्रिकेट क्लव बाग्लुङ्ग, युनाइटेड स्याङ्गजा
क्रिकेट क्लव स्याङ्गजा, स्याङ्गजा युनाइटेड व्वाइज क्रिकेट क्लव स्याङ्गजा र आयोजक पोखरा पिस क्लवका
दुई टीम गरी कुल १४ टिमको सहभागिता रहेको संयोजक भोजराज बरालले जानकारी दिए ।


प्रतियोगितामा प्रथम हुने टिमलाई नगद रु.३५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र,
दोस्रो हुनेलाई १७ हजार ५ सय नगद, ट्रफी, मेडल र प्रमाणपत्र, सर्वोत्कृष्ट खेलाडीलाई नगद रु.२ हजार ५,
ट्रफी र प्रमाणपत्र, प्रत्येक खेलका म्यान अफ दी म्याचलाई ट्रफी र प्रमाणपत्र साथै सर्वाधिक रन बनाउने
खेलाडी, सर्वाधिक विकेट लिने खेलाडी, सर्वाधिक छक्का हान्ने खेलाडीलाई जनही रु.१ हजार, ट्रफी र
प्रमाणपत्र प्रदान गरिने सचिव प्रताप आचार्यले जानकारी दिए ।


प्रतियोगिता अन्तर्गत शनिवारको दोस्रो खेल आयोजक पोखरा पिस क्लव बी र स्याङ्गजा युनाइटेड
ब्वाइजका बीच दिउँसो १ः०० हुनेछ । खेल मालेपाटनको खुल्ला चौरमा संचालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने