२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

लेखनाथमा अनाथ सेवा आश्रम संचालन

१९ भाद्र २०७२, शनिबार ०६:१८

भदौ १९, पोखरा
श्रीकृष्ण प्रणामि परमार्थ मिसन ट्रष्टले लेखनाथ नगरपालिका वडा नं ७ परमार्थ नगर
डाडाँकोनाकमा अनाथ सेवा आश्रम सञ्चालनमा आएको छ।
अनाथ व्यत्तिहरुलाई आश्रय दिनका लागि सो आश्रम
संचालन गरिएको उक्त आश्रममा तत्काल २० जना अनाथ व्यत्तिलाई आश्रय दिन सकिने बताइएको छ। आश्रमका लागि
पहिलो चरणमा ५५ लाखको लागतमा पाँच कोठाको एक तल्ले भवन निर्माण गरिएको छ।
भविष्यमा आश्रममा एक सय आठ
कोठासम्म निर्माण गर्ने लक्ष्य लिइएको छ। अनाथ सेवा आश्रम निर्माणका लागि अर्थ संकलन गर्ने उदेश्यले
गतवर्ष बैशाख २९ देखि जेठ ६ गतेसम्म आयोजना गरिएको श्रीमद्भागवत् ज्ञान महायज्ञमा ८४ लाख रुपैया संकलन
भएको थियो ।
कार्यक्रममा बोल्दै अर्थमन्त्री रामशरण महतले कसैको उक्साहटमा आन्दोलनमा नलाग्न आग्रह
गर्नुभएको छ।

मधेसी र पहाडियाबीच लडाएर राजनिति फाईदाका
लागि केहि नेताको उक्साहटमा आन्दोलन भएको छ उहाँले भन्नुभयो–यो उक्साहटमा नेपाली नागरिक लाग्न हुदैन।
उक्साहटका गतिविधिको खिलाफमा नेपाली नागरिक नै लाग्नु पर्ने उहाँको भनाई थियो।
उहाँले हत्या हिंसा
मुलुकको लागि घातक भएकोले शान्तिपूर्णवाटो बाटै समस्याको समाधान खोज्न आग्रह गनुभयो ।
आन्दोलनमा
हिंसा, तोडफोड र मृत्यु सम्मका घटना भएका छन् यो राजनितिक आन्दोलन हुदैहोइन उहाँले भन्नुभयो–राजनितिक
माग हो भने संविधान सभामा आएर शान्तिपूर्ण तरिकाले आफ्ना माग राख्न सकिन्छ।
नेपाली काँग्रेस कास्कीका
सभापति तथा सभासद् यज्ञबहादुर थापाले जुन सुकै हालतले पनि संविधान आउने विश्वास दिलाउनुभयो।
यो वेला
भनेको एउटा आमाले वञ्चा जन्माउदा कति पिडा हुन्छ नेपाल आमालाई पनि विभिन्न आन्दोलनका नामा पिडा भएको छ
उहाँले भन्नुभयो–वञ्चा पाउनका लागि आमाले जति पिडा भएपनि खुसी साथ वञ्चा जन्माउछिन् त्यसरी नै नेपाल
आमाले विविध पिडा सहेर पनि संविधान ल्याउने छिन्।

मुख्य
सचिव डा.सोमलाल सुवेदीले विकासका लागि सवै एक जुट हुनु पर्नेमा जोड दिनुभयो।
श्रीकृष्ण प्रणामि
परमार्थ मिसन ट्रष्टका अध्यक्ष स्वामि विष्णु बशिष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लेखनाथ
नगरपालिकाका कार्यकारी अधिकृत रामचन्द्र पौडेल, लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष बाबुराम गिरी,
आश्रमका संरक्षक सूर्यमोहन भट्टराई, आमा समुहको तर्फबाट लक्ष्मी श्रेष्ठ र भवन निर्माण समितिका संयोजक
मेजर रामप्रसाद गुरुङ बरिष्ठ उद्घोषक नेत्रपाणि बाँस्तोलाले बोल्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा