२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

लायन्स न्यूरोड चौतारीद्धारा पोशाक तथा शैक्षिक सामाग्री प्रदान

१९ भाद्र २०७२, शनिबार ०६:२०

नरहरि पौड्याल/ भदौ १९, पोखरा । लायन्स क्लव इन्टरनेशनलले आह्वान गरे
“अनुसार चिल्डेन डिग्निटी वीइक”को बिषेश अवसर पारेर लायन्स क्लव अफ पोखरा न्यूरोड चौतारीले पोखराको
पलेपाटन स्थित रहेको सिद्ध उच्चमाविमा बिद्यार्थिहरुलाई बिद्यालय पोशाक तथा स्टेशनरी सामग्री वितरण
गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि लायन्स डिष्ट्रिक एडभाइजर विमला श्रेष्ठले समाजमा बिभिन्न
अवसर र सुबिद्याबाट बन्चित सर्वसाधारण जनताहरुलाई लायन्स क्लव अफ पोखारा न्यूरोड चौतारीले लायन्स
इन्टरनेशनलले आह्वान गरे “अनुसार चिल्डेन डिग्निटी वीइक”को बिषेश अवसरपारेर बिद्यालयमा अध्यानरत गरिव
तथा जेहन्दार छात्र तथा छत्राहरुलाई बिद्यालय पोशाक तथा स्टेशनरी सामग्री वितरण गरेर समाज प्रतिको आफ्नो
जिम्मेवारी र उत्तर दायित्व बहन गरेको वताइन् ।

निम्न आय भएका र
समाजमा बिभिन्न अवसरबाट वन्चित सर्वसाधारणहरुलाई गरिएको सहयोगले विद्यार्थिलाई सहयोय मिल्ने र
क्लवकालागि समुदायमा सामाजिक दायित्वसंगै जिम्मेवारीको अनुभूति हुने बताउदै श्रेष्ठले क्लवले विगका
दिनहरुमा समेत अत्यन्त उपयोगि तथा स्मरण योग्य कार्यहरु गरेको बताइन् ।
कार्यक्रममा बिषेश अतिथि एवं
स्ट्रीट चिल्डेन सपोर्ट प्रोग्राम चियर पर्सन दिनकुमारी शर्माले लायन्सको बिश्वब्यापी कार्यक्रमकारुपमा
मनाईएको यस कार्यक्रमलाई आत्मसात गर्दै बिभिन्न बिद्यालयहरुमा कार्यक्रम सञ्चालन गरि सम्ताहका रुपमा
लायन्स इन्टरनेशनलले मनाएको बताइन् ।

आर्थिक अवस्था कमजोर भएका
सर्वसाधारहरुकालागि राहतको प्रत्याभूति गराउनकालगि सहयोग पुग्ने बताउदै शर्माले यस कार्यक्रमले समाजमा
निम्न वर्गकालागि केहि गर्नु पर्छ भन्ने अभिप्रेरित गर्ने बताईन्
जोन चियर पर्सन कृष्ण बहादुर
अधिकारीले लायन्स न्यूरोड चोतारीले समाजमा बिभिन्न खालका सामाजीक कार्यहरुगरेको बताउदै क्लवले लायन्स
ईन्टरनेशनलको सप्ताहब्यापी कार्यक्रमलाई मध्यनजर गरेर बिद्यालयमा अध्यायनरत गरिव तथा जेहन्दार छात्र तथा
छात्राहरुलाई स्टेशनरी र बिद्यालय पोशाक बितरण गरी मानवियता र सामाजिक उत्तरदायित्व बहन गरेको बताए

कार्यक्रममा बिद्यालयका प्राचार्य शंकर ज्ञवाली,क्लवका
कोषाध्यक्ष तुलसी प्रसाद पोखरेल,लगायतले शुभकामना मन्यब्य ब्याक्त गरेका थिए भने कायक्रमा स्वागत
मन्तब्य क्लवका प्रथम उपाध्यक्ष पवित्रमणी पोखरेलले गरेका थिए ।

क्लवका अध्यक्ष दिपक राज घिमिरेको अध्यक्षतामा सम्पन भएको सो कार्यक्रममा धन्यवाद ज्ञापन
क्लवका पूर्व अध्यक्ष नरहरि पौडेलले गरेका थिए ।

बिद्यालयमा
अध्यायनरत गरिव तथा जेहन्दार पाँच कक्षा सम्मका तीस जना छात्र एवं छात्राहरुलाई क्लवले स्कूल ब्याग,
कापी ,कलम ज्यामीति बक्स र बिद्यालय पोशाक,लगायतका शैक्षिक समाग्रीहरु प्रदान गरेको थियो । कार्यक्रमो
उद्धाटन बिमला श्रेष्ठले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान