२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरामा क्रिकेट: अल इन वान र स्याङ्गजा युनाइटेडको विजयी शुरुवात

१९ भाद्र २०७२, शनिबार १३:०८

भदौ १९, पोखरा
 पोखरा पिस क्लवद्वारा आयोजित नवौं पोखरा पिस क्रिकेट कप २०७२ को शनिवार विधिवत उद्घाटन भएको
छ । क्लवका सल्लाहकारहरु डा.उमानाथ बराल, तेजनारायण अधिकारी, उज्वल खत्री र सरोजनारायण बरालले संयुक्त
रुपमा नवौं पोखरा पिस क्रिकेट कपको व्यानरमा हस्ताक्षर गरी उद्घाटन गरेका थिए ।

शनिवार भएको उद्घाटन खेलमा अल इन वान क्रिकेट क्लवले प्mयूचर स्टार क्रिकेट क्लवलाई १०
रनले पराजित गरेको छ । टस हारेर पहिले व्याटिङ्गको निम्तो पाएको अल इन वानले निर्धारित २० ओभरमा २
विकेटको क्षतिमा १ सय ८४ रनको विशाल योगफल तयार पारेको थियो । अल इन वानका लागि निश्चल पाण्डेले ७० बलमा
१ सय १० रनको अविजित पारी खेलेका थिए ।

१ सय ८५ रनको लक्ष्य
पछ्याउने क्रममा फ्यूचर स्टारका भीम पुनको ६० बलमा अविजित २० ओभरमा ४ विकेट गुमाएर १ सय ७४ रन मात्र
जोड्न सकेको थियो । २ विकेट सहित अल इन वानका निश्चल पाण्डे उक्त खेलका म्यान अफ दी म्याच घोषित भए

शनिवार नै भएको दोस्रो खेलमा स्याङ्गजा युनाइनेड ब्वाइज
क्रिकेट क्लवले आयोजक पोखरा पिस क्लव बी लाई ५ विकेटले पराजित गरेको छ । आयोजक बी का कप्तान अनिल केसीले
टस जितेर व्याटिङ्ग रोज्ने निर्णयलाई स्याङ्गजा युनाइटेड ब्वाइजले गलत सावित गर्दै १७.५ ओभरमा आयोजक
क्लवलाई ९८ रनमा समेटेको थियो ।

आयोजक बी का तर्फबाट अश्विन
अधिकारीले १६ वजलमा १८ रन र संगित थापाले ३२ बलमा १७ रनको योगदान दिएका थिए । बलिङ्ग तर्फ स्याङ्गजा
युनाइटेड ब्वाइजका विश्व थापाले ३ विकेट, अशोक र सगुनले २।२ विकेट लिन सफल भए ।

९९ रनको झिनो लक्ष्य पाएको स्याङ्गजा युनाइटे ब्वाइजले विरु गुरुङ्गको २२ बलमा अविजित
३५ रनको मद्दतले १०.१ ओभरमा उक्त लक्ष्य पार गरेको थियो । स्याङ्गजा युनाइनेड ब्वाइजका विश्व थापा उक्त
खेलको म्यान अफ दी म्याच घोषित भएका थिए ।

म्यान अफ दी म्याचको
पुरस्कार प्रतियोगिता मूल व्यवस्थापन समितिका संयोजक भोजराज बराल र किसान जागरण बहुमुखी सहकारी संस्था
लि.का सचिव शिव प्रसाद बरालले वितरण गरेका थिए ।

भदौ २६ गतेसम्म
संचालन हुने उक्त प्रतियोगिता अन्तर्गत आइतबार २ खेलहरु हुनेछन् । पहिलो खेल बिहान ९:१५ बजे वेष्टन
क्रिकेट क्लव बाग्लुङ्ग र पोखरा क्रिकेट क्लवका बीच तथा दोस्रो खेल दिउँसो १:०० बजे पोखरा वारियर्स
क्रिकेट क्लव र रामबजार ब्वाइज क्रिकेट क्लवका बीच हुने आयोजक क्लवका सदस्य राजेन्द्र बरालले जानकारी
दिए । प्रतियोगिता मालेपाटनको खेलमैदानमा भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला