२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

महिला मानव अधिकार रक्षक सञ्जालमा नयाँ नेतृत्व

२०७२, १९ भाद्र शनिबार १३:११

सरिता तिमील्सीना
पगेनी/भदौ १९, पोखरा ।
महिला मानव अधिकार रक्षक सञ्जाल कास्कीको शुक्रबार भएको छैठौ अधिवेशन
तथा साधारण सभाले सरिता थापा मगरको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।

कार्यसमितिको उपाध्याक्षमा जानकी शर्मा, सचिवमा इन्दु कुमारी शर्मा, सहसचिवमा सरिता
तिमिल्सीना पंगेनी र कोषाध्यक्षमा जमुना शर्मा रहेका छन् ।

कार्य समितिको सदस्यहरुमा राज थापा क्षेत्री, पार्वती पौडेल, पुनम गुरुङ, मनुमाया नेपाली,
मिरा पोखरेल, केसु भुजेल, कमला गहतराज र सुशीला भुजेल रहेका छन् ।

प्रमुख महिला विकास अधिकृत लक्ष्मी जिसीले उद्घाटन गरेको कार्यक्रममा महिला मानव अधिकार रक्षक
सञ्जाल कास्कीका संस्थापक अध्यक्ष उषा बरुवाललाई पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष प्रकाश मोहन
खनालले दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरे ।

त्यस्तै
सल्लाहाकारहरु सवनम शर्मा, विना सिलवाल, नन्दकला नेपाली र अक्षयकोषमा सहयोग गर्ने थ्रि एन्जेलका
कार्यकारी निर्देशक डा.राजेन्द्र गौतमलाई सम्मान पत्र प्रदान गरियो ।

कार्यक्रममा मानव अधिकारकर्मीहरु टेकनाथ बराल, खगराज आचार्य, विष्णु बराल, कमल प्रसाद अर्याल,
पुनरावेदन बारका अध्यक्ष खगेन्द्रराज आचार्य, गैर सरकारी संस्था महासंघ कास्कीका अध्यक्ष गोपाल खड्का,
इन्सेकका क्षेत्रिय संयोजक शिव खकुरेल, सञ्चारीका समुहका पश्चिमाञ्चल अध्यक्ष जमुना शर्मा वर्षा, पोखरा
उपमहानागर पालिकाका वरिष्ठ अधिकृत ओमराज पौडेल, क्रियाशिल पत्रकार महिला समुह कास्कीका अध्यक्ष सरिता
तिमिल्सीना लगायतका वक्ताले मन्तव्य राखेका थिए ।

सभाले सचिव
सरिता थापाले प्रस्तुत गरेको प्रगती प्रतिवेदन र कोषाध्यक्ष केसु भुजेलले प्रस्तुत गरेको आर्थिक
प्रतिवेदन पारित गरेको छ । महिला मानव अधिकार रक्षक सञ्जाल कास्कीको अक्षयकोष निर्माणको लागि थ्रिएन्जेल
नेपालले ५० हजार सहयोग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने