कार्तिक २८ पर्वत । संञ्जिविनी बहुउदेश्यीय सहकारी संस्था लिमिडेटले सहाराकर्मी सहित एक दर्जनलाई सम्मान गरेको छ । संस्थाले आफ्नो आठौ साधरण सभाको अबसरपारि साझासवालकर्मी महेन्द्र केसि सहित एक दर्जनलाई सम्मान गरेको हो । सूचना प्रवाह गरी सहकारीको प्रर्वद्धन र विकासको लागि टेवा पु¥"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कार्तिक २८ पर्वत । संञ्जिविनी बहुउदेश्यीय सहकारी संस्था लिमिडेटले सहाराकर्मी सहित एक दर्जनलाई सम्मान गरेको छ । संस्थाले आफ्नो आठौ साधरण सभाको अबसरपारि साझासवालकर्मी महेन्द्र केसि सहित एक दर्जनलाई सम्मान गरेको हो । सूचना प्रवाह गरी सहकारीको प्रर्वद्धन र विकासको लागि टेवा पु¥"/>
२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

साझासवालकर्र्मी सहित एक दर्जन सम्मानित

२०७३, २८ कार्तिक आईतवार ०५:२८

कार्तिक २८ पर्वत । संञ्जिविनी बहुउदेश्यीय सहकारी संस्था लिमिडेटले सहाराकर्मी सहित एक दर्जनलाई सम्मान गरेको छ । संस्थाले आफ्नो आठौ साधरण सभाको अबसरपारि साझासवालकर्मी महेन्द्र केसि सहित एक दर्जनलाई सम्मान गरेको हो । सूचना प्रवाह गरी सहकारीको प्रर्वद्धन र विकासको लागि टेवा पु¥र्याएकोे भन्दै साझासवाल पर्वतका जिल्ला सम्पदाक,सहारान्यूज दैनिकका सहसम्पादक तथा प्रेस सेन्टर नेपाल पर्वतका सचिव महेन्द्र केसी, रेडियो शालिग्रामका स्टेशन म्यानेजर तथा मोदीकाली साप्ताहिका प्रधानसम्पादक ओमप्रसाद घायललाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेको हो । त्यस्तै सहकारीले चार जना जेष्ठ नागरिकलाई समेत सम्मान गरेको छ । सम्मानीत हुनेमा  विष्णु कुमारी खत्री, जय बहादुर क्षेत्री, डिलबहादुृर हमाल र थम कुमारी चपागाई रहेका छन् । शिक्षा क्षेत्रमा कैलाश तिमिल्सीना र रोजिना पौडेललाई सहकारीले सम्मानीत गरेको छ । त्यस्तै  सहकारीले उत्कृष्ठ बचतकर्ताका रुपमा चार जनालाई सम्मान गरेको छ । सम्मानीत हुनेमा नममाया पुन, शान्ति क्षेत्री, हेम कुमारी क्षेत्री ( विष्णु), र सम्झना विकलाई सम्मान गरेको हो ।
उद्योग बाणिज्य संघ पर्वतका अध्यक्ष हरिओम शर्मा लामिछानेको  आतिथ्यतामा भएको उक्त कार्यक्रममा बोल्दै लामिछानेले सहकारी नाफामुखी नभई सेवामुखि हुनुपर्नेमा जोड दिए । उनले सहकारी संस्था पछिल्लो समयमा जिल्लामा बढ्दो मात्रमा रहेको र सहकारीले सही व्यवस्थान गर्न नसकेका कारण बचत कर्ता लगानी गर्नमा ससंकित हुने गरेको अबस्था देख्रिएको भन्दै सहकारीले पातिचौर क्षेत्रमा नमूनाका रुपमा आफ्ना काम अगाडि बढाएको भन्दै खुसि व्यक्त गरे । उनले पातिचौर क्षेत्रमा सहकारीले गरेको सेवा प्रवाहका कारण सहकारीको उचाई माथि पुगेको बताउँदै आफु पनि सहकारी र उद्योग क्षेत्रमा लगानी बढाउन जोड दिए । लामिछानेले पातिचौर क्षेत्रमा उवासंघको उपशाखा खोल्नको लागि आफुले योजना बनाएको र यसमा स्थानीय व्यवसायी एकिकृत हुनुपर्नेमा जोड दिए ।
 संस्थाका  अध्यक्ष सागर जिसीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा शेयर सदस्य नममाया पुनले स्वागत मन्तव्य राखेकी थिइन । कार्यक्रममा नेपाल टेलकम बाग्लुङका यज्ञप्रसाद आचार्य, राष्ट्रिय सहकारी बैकका सुरेश खनाल, मित्रप्रसाद तिमिल्सीना, हरिप्रसाद शर्मा, भोला तिमिल्सीना लगाएतले बोलेका थिए । सोही अबसरमा संस्थाले अतिथिहरुलाई मायाको चिनो समेत प्रदान गरेको थियो । कार्यक्रमको संचालन सचिव
वि.सं २०६६ सालमा पातिचौरमा २७ जना शेयर सदस्यबाट २७ हजारबाट सेवा प्रवाह शुरु गरेको संस्थामा अहिले १ सय ७३ जना शेयर सदस्य पुगेका छन् भने यस बर्ष  ५५ लाख १७ हजार ३ सयको कारोबार गरिरहेको छ । आव ०७३।७४ को पहिला पाँच महिनामा ३ लाख ९७ हजार ९४ रुपैयाँ थप गरेको छ । संस्थाले मुनाफा रकम समेत वितरण गरको छ । शेयर सदस्यहरुलाई २० प्रतिशतका दरले झण्डै १० लाख ५४ हजार ७ सय ८० रुपैयाँ बोनस रकम वितरण गरेको छ । संस्थाको आम्दानी १३ लाख ५८ हजार ३० रुपैयाँ रहेको छ । संस्थाले  साधरणसभा सम्ममा १ करोड ३४ लाख २२ हजार कुल लगानी गरेको छ भने ७५ लाख ६८ हजार ३ सय ९२ असुल उपर गर्न बाँकी रहेको जनाएको छ ।
पसिनाको कमाइ एक एक सिक्का साँवा र व्याज एक ढिक्का भन्ने मुल उदेश्यका साथ संचालन भएको संस्थाले पातिचौर क्षेत्रमा शिक्षा, स्वास्थ्य, संचार लगायतका क्षेत्रमा समेत नविनतम् काम गर्दै आइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा