विमल खड्का, पर्वत । ईलाका प्रहरी कार्यालय बुर्तिबाङले बर्तिबाङ क्षेत्रमा गाँजा अप्रेशन शुरु गरेको छ । उक्त क्षेत्रमा गाँजा उत्पादन बढी मात्रमा हुने पाएपछि प्रहरी गाँजा फडानी अप्रेशन शुरु गरेको हो ।
 गत शुक्रबार इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट प्रहरी निरीक्षक शिवर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... विमल खड्का, पर्वत । ईलाका प्रहरी कार्यालय बुर्तिबाङले बर्तिबाङ क्षेत्रमा गाँजा अप्रेशन शुरु गरेको छ । उक्त क्षेत्रमा गाँजा उत्पादन बढी मात्रमा हुने पाएपछि प्रहरी गाँजा फडानी अप्रेशन शुरु गरेको हो ।
 गत शुक्रबार इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट प्रहरी निरीक्षक शिवर"/>
९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

प्रहरीको गाँजा अप्रेशन

२८ कार्तिक २०७३, आईतवार ०५:५२

विमल खड्का, पर्वत । ईलाका प्रहरी कार्यालय बुर्तिबाङले बर्तिबाङ क्षेत्रमा गाँजा अप्रेशन शुरु गरेको छ । उक्त क्षेत्रमा गाँजा उत्पादन बढी मात्रमा हुने पाएपछि प्रहरी गाँजा फडानी अप्रेशन शुरु गरेको हो ।
 गत शुक्रबार इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट प्रहरी निरीक्षक शिवराज क्षेत्रीको कमाण्डमा खटिगएको एक टोलीले निसि ९ चोरबास तथा आसपासका क्षेत्रमा उम्रिएको गाँजा खेति नष्ट गरेको छ ।
मध्य पहाडि लोकमार्ग आसपासका क्षेत्रमा १५ रोपनी क्षेत्रफलको जग्गामा फैलीएको गाँजाका बोट प्रहरीले काटेर नष्ट गरेको प्रहरी निरक्षिक क्षेत्रीले  सहारान्यूजकर्मीलाई जानकारी दिएका छन् । तर गाँजाखेती गरिएको जमिनका धनिको भने प्रहरीले खोजि कार्य जारी राखेको छ ।

आसपासमा कुनै वस्ति नभएका कारण कस्को जग्गामा हो वा सार्वजनिक जमिनमा उम्रिएको जग्गामा भएको गाँजा खेति केहो भन्ने पत्ता नलागेको प्रहरी निरीक्षक क्षेत्रीले बताए । उक्त क्षेत्रमा कतै स्थानीयले खेति लगाएको पाइएता पनि कतिपय स्थानमा जंगलमै आफै उम्रिएको गाँजा खेतिबाट विभिन्न प्रकारका अवैध चरेश बनाएर सामान्य स्थानीय सर्व साधारणलाई गैह्कानुनी काममा त्यसका तस्करहरुले फसाउँदै आएको पाइएकोले, प्रहरीले त्यस क्षेत्रमा गाँजा खेति नष्ट गर्ने अभियान नै चलाएको प्रहरीको भनाई छ ।

प्रहरीले यस अघि गत भदौ महिनाको २९ गते निसी गाविसकै वडा नं. ९ तिघ्रा पानी आसपासमा उम्रिएको १३ रोपनी एरियाको गाँजा खेति नष्ट गरेको थियो । खास गरि रुकुम हुँदै निसी क्षेत्रबाट अवैध वस्तु चरेस सहित गत आर्थिक वर्ष प्रहरीले ५ जनालाई कानुनी कार्वाही अगाडि बढाएको र उनीहरुबाट अन्दाजी ६० किलो भन्दा बढी चरेस बरामद गरेको हुँदा यस्तो कार्य नहोस भन्नका लागि गाँजा खेति नै नष्ट गर्ने अभियानमा प्रहरी रहेको बताइएको छ । यसैबीच हिजै प्रहरीले निसीमै २ सय ५० लिटर मदिरा बनाउने कच्चा पदार्थ समेत बरामद गरि नष्ट गरेको बताएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो