९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

घुम्ती शिविरबाट १ हजार ६ सय ४६ सर्वसाधारण लाभान्वित

२९ कार्तिक २०७३, सोमबार ०२:२१

मकरराज धामी | कात्तिक २९, बझाङ | बझाङ जिल्लाको छान्ना क्षेत्रमा यहि कात्तिक २६ र २७ गते भएको एकिकृत घुम्ती शिविरवाट १६४६ जानले सेवा लिएका छन् । कालुखेति गा.वि.स को खप्तड मा.वि. मा शुक्रबार र शनिवार गरि दुई दिनका लागी एकीकृत घुम्ती शिविर संचालन भएको हो ।

शिवर जाँदा कार्यालयमा कर्मचारी अभाव भई सेवा दिन नसकिने भएकाले शनिवारको अवसर पारी शिविर संचालन गरिएको हो । शिविरमा जिल्ला प्रशासन कार्यालयले ३०९ जना लाई नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरेको छ जस्मा ४ जना जेष्ठ नागरिक रहेका छन् । जिल्ला कृषि विकास कार्यालयले ३०४ जना किसान लाई बीउ विजन वितरण गरेको छ भने जिल्ला स्वास्थ्य कार्यालयले २९५ जनालाइ औषधि उपचार तथा वितरण गरेको छ । 

महिला तथा बालबालिका कार्यालयले  क वर्गका २ जना ख वर्गका ४ जना ग वर्गका ३ जना घ वर्गका २ जना वर्ग निर्णय हुन बाँकी रहेका १ जना  गरि १२ जनालाई अपाङ्ग परिचयपत्र र १७ जनालाई जेष्ठ नागरिक परिचाय पत्र वितरण गरेको छ । जिल्ला प्रशासन कार्यालयको समन्वयमा सरकारी सेवालाई नागरिककै घरदैलोमा पुर्याउनका लागि शिविर सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी सुनिल खनालले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो