कात्तिक २९, रौतहट | रौतहटको देवाही– ८ स्थित लालबकैया नदीको बाँधमा सोमवार बिहान हतियारधारी समूह र प्रहरीबीच दोहोरो भीडन्त भएको छ । भीडन्तमा हतियारधारी समूहका एक जनाको मृत्यु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक २९, रौतहट | रौतहटको देवाही– ८ स्थित लालबकैया नदीको बाँधमा सोमवार बिहान हतियारधारी समूह र प्रहरीबीच दोहोरो भीडन्त भएको छ । भीडन्तमा हतियारधारी समूहका एक जनाको मृत्यु"/>
२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रौतहट - RTH

रौतहटमा प्रहरीसँगको दोहोरो भीडन्तमा एकको मृत्यु

२९ कार्तिक २०७३, सोमबार ०५:३१

कात्तिक २९, रौतहट | रौतहटको देवाही– ८ स्थित लालबकैया नदीको बाँधमा सोमवार बिहान हतियारधारी समूह र प्रहरीबीच दोहोरो भीडन्त भएको छ । भीडन्तमा हतियारधारी समूहका एक जनाको मृत्यु भएको छ भने एक जना प्रहरी घाइते भएका छन् । 

मध्य क्षेत्रिय प्रहरी कार्यालय हेटौंडाका प्रमुख डीआईजी पशुपति उपाध्यायको निर्देशनमा क्षेत्र र जिल्लाबाट खटिएको संयुक्त प्रहरी टोलीले हतियार भित्रिएको सूचना पाएर बाँधमा पुगेको थियो । बाँधमा आएका ४/५ जनाको समूहलाई रोकी चेकजाँच गर्न खोज्दा प्रहरीमाथि फायर खोलिएको थियो । जवाफमा प्रहरीले फायर खोल्दा ३५/४० का हतियारधारी समूहका एक जना र बारा बबुआइन निवासी प्रहरी जवान सुरेन्द्र चौधरी गोली लागी गम्भीर घाइते भएका छन् । उनीहरुलाई उपचारको लागि गौर अस्पताल ल्याउने क्रममा हतियारधारी समूहका एक युवकको मृत्यु भएको हो । 

घाइते मध्ये अर्का एक जनालाई गौरमा साधारण उपचार पछी थप उपचारको लागि हेटौंडामा भर्ना गरिएको प्रहरीले जनाएको छ । घटनास्थलबाट प्रहरीले इन्सास बन्दुक एक थान, मेडइन इटाली लेखिएको पेस्तोल एक थान र नलकुटा पेस्तोल १ थान गरी ३ थान हतियार बरामद गरेको छ । बाँकी फरार रहेका हतियारधारीहरुको खोजि जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान