कात्तिक २९, रौतहट | रौतहटको देवाही– ८ स्थित लालबकैया नदीको बाँधमा सोमवार बिहान हतियारधारी समूह र प्रहरीबीच दोहोरो भीडन्त भएको छ । भीडन्तमा हतियारधारी समूहका एक जनाको मृत्यु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक २९, रौतहट | रौतहटको देवाही– ८ स्थित लालबकैया नदीको बाँधमा सोमवार बिहान हतियारधारी समूह र प्रहरीबीच दोहोरो भीडन्त भएको छ । भीडन्तमा हतियारधारी समूहका एक जनाको मृत्यु"/>
२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रौतहट - RTH

रौतहटमा प्रहरीसँगको दोहोरो भीडन्तमा एकको मृत्यु

२०७३, २९ कार्तिक सोमबार ०५:३१

कात्तिक २९, रौतहट | रौतहटको देवाही– ८ स्थित लालबकैया नदीको बाँधमा सोमवार बिहान हतियारधारी समूह र प्रहरीबीच दोहोरो भीडन्त भएको छ । भीडन्तमा हतियारधारी समूहका एक जनाको मृत्यु भएको छ भने एक जना प्रहरी घाइते भएका छन् । 

मध्य क्षेत्रिय प्रहरी कार्यालय हेटौंडाका प्रमुख डीआईजी पशुपति उपाध्यायको निर्देशनमा क्षेत्र र जिल्लाबाट खटिएको संयुक्त प्रहरी टोलीले हतियार भित्रिएको सूचना पाएर बाँधमा पुगेको थियो । बाँधमा आएका ४/५ जनाको समूहलाई रोकी चेकजाँच गर्न खोज्दा प्रहरीमाथि फायर खोलिएको थियो । जवाफमा प्रहरीले फायर खोल्दा ३५/४० का हतियारधारी समूहका एक जना र बारा बबुआइन निवासी प्रहरी जवान सुरेन्द्र चौधरी गोली लागी गम्भीर घाइते भएका छन् । उनीहरुलाई उपचारको लागि गौर अस्पताल ल्याउने क्रममा हतियारधारी समूहका एक युवकको मृत्यु भएको हो । 

घाइते मध्ये अर्का एक जनालाई गौरमा साधारण उपचार पछी थप उपचारको लागि हेटौंडामा भर्ना गरिएको प्रहरीले जनाएको छ । घटनास्थलबाट प्रहरीले इन्सास बन्दुक एक थान, मेडइन इटाली लेखिएको पेस्तोल एक थान र नलकुटा पेस्तोल १ थान गरी ३ थान हतियार बरामद गरेको छ । बाँकी फरार रहेका हतियारधारीहरुको खोजि जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै