२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरा क्रिकेट क्लव र पोखरा वारियर्स क्वाटरफाइनलमा

२०७२, २० भाद्र आईतवार १४:१८

भदौ २०, पोखरा । पोखरा पिस क्लवद्वारा आयोजित नवौं पोखरा पिस क्रिकेट कप
२०७२ अन्तर्गत आइतबार भएको खेलमा पोखरा क्रिकेट क्लव र वारियर्स क्रिकेट क्लवले विजयी शुरुवात गरेको छ

आइतबारको पहिलो खेलमा वेष्ट्रन क्रिकेट क्लव बाग्लुङ्गले टस
जितेर पोखरा क्रिकेट क्लवलाई व्याटिङ्गको निम्तो दिंदा निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १९ रनको
विशाल योगफल तयार पारेको थियो । पोखरा क्रिकेटका तर्फबाट अनिल गुरुङ्गले ५८ बलमा १ सय १२ रनको योगदान
दिए । बलिङ्गमा वेष्ट्रनका प्रकटले १ विकेट हात पारे ।

२ सय २०
रनको विशाल लक्ष्य पाएको वेष्ट्रन १५.४ ओभरमा १ सय १८ रनमा समेटिन पुगेको थियो । वेष्ट्रनका अभिषेकले २०
रनको योगदान गरे । बलिङ्गमा पोखरा क्रिकेटका सुजनले ४ विकेट लिएका थिए । उक्त खेलको म्यान अफ दी म्याच
पोखरा क्रिकेट क्लवका अनिल गुरुङ्ग घोषित भए ।

आज नै भएको
दोस्रो खेलमा पोखरा वारियर्स क्रिकेट क्लवले रामबजार व्वाइज क्रिकेट क्लवलाई ५ विकेटले पराजित गरेको छ ।
टस जिटेर पहिले ब्याटिङ्ग गरेको रामबजारले १९ ओभरमा सवै विकेट गुमाएर १ सय १७ रन बनाएको थियो ।
रामबजारका तर्फबाट सचिनले २३ रनको योगदान दिएका थिए । पोखरा वारियर्सका रोशन पौडेलले २ विकेट लिन सफल भए

१ सय १९ रनको लक्ष्य पाएको पोखरा वारियर्सले प्रभाकरको २९ रन
र सनिस थापाको २८ रनको मद्दतले १६ ओभरमा ५ विकेट गुमाएर उक्त लक्ष्य पार गरेको थियो । रामबजारका दिलिपले
२ विकेट हात पारे । उक्त खेलको म्यान अफ दी म्याच पोखरा वारियर्सका रोमन पौडेल घोषित भए ।

दुवै खेलको म्यन अफ दी म्याचलाई क्लवका अध्यक्ष दामोदर बराल र समाजसेवी
खिम बहादुर केसीले पुरस्कार प्रदान गरेका थिए ।
प्रतियोगिता अन्तर्गत सोमवार २ खेलहरु हुनेछन् ।
पहिलो खेल विहान ९:१५ बजे म्याजिक क्रिकेट क्लव पोखरा र स्याङ्गजा युनाइटेड क्लव स्याङ्गजाका बीच र
दोस्रो खेल दिउँसो १:०० बजे पोखरा क्रिकेट एकेडेमी पोखरा र धौलागिरी क्रिकेट क्लव बाग्लुङ्गका बीच हुने
आयोजक सदस्य सन्तोष बरालले जानकारी दिए ।

सोमवारको खेलमा नेपाली
राष्ट्रिय क्रिकेट टोलीका सदस्य करण केसीले म्याजिक क्रिकेट क्लवका तर्फबाट सहभागिता जनाउने आयोजकले
जनाएको छ । प्रतियोगिता मालेपाटनको खेलमैदानमा भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने