कात्तिक २९, पर्वत । जिल्ला प्रशासन कार्यालय पर्वतले अखाद्य बस्तु विक्रि वितरण गर्ने व्यापारीलाई कारवाही गर्ने चेतवानी दिएको छ । 

पहिलो चरणमा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक २९, पर्वत । जिल्ला प्रशासन कार्यालय पर्वतले अखाद्य बस्तु विक्रि वितरण गर्ने व्यापारीलाई कारवाही गर्ने चेतवानी दिएको छ । 

पहिलो चरणमा "/>

९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

अखाद्य सामग्री बेच्नेलाई कारवाही हुन्छ: प्रशासन

२९ कार्तिक २०७३, सोमबार १३:१६


कात्तिक २९, पर्वत । जिल्ला प्रशासन कार्यालय पर्वतले अखाद्य बस्तु विक्रि वितरण गर्ने व्यापारीलाई कारवाही गर्ने चेतवानी दिएको छ । 

पहिलो चरणमा अनुगमनको क्रममा विक्रि गर्नको लागि राखिएका अखाद्य पदार्थ जफत गरेको जिल्ला प्रशासन कार्यालय पर्वतले अबका दिनमा पनि अखाद्य सामग्री विक्रिवितरण गर्न राखिए वा विक्रिवितरण गरे कारवाहीको दायरामा ल्याउने चेतावनी दिएको छ । गत असार र कार्तिकमा कुश्मा बजार र वारी बनीमा गरिएको अनुमनमा फेला परेका अखाद्य सामग्री नष्ट गर्दै  सोमबार प्रशासनले यस्तो प्रतिक्रिया दिएको हो ।

म्याद नाघेका सामाग्री उत्पादकलाई फिर्ता गर्न सकिने भएपनि उपभोक्ताको अज्ञानताको फाइदा उठाउँदै बिक्री गर्ने गरेको पाइएको जिल्ला प्रशासन कार्यालय जनाएको छ । अहिले सम्मको अनुगमनमा सामान मात्रै जफत गरिएको भएपनि अब म्याद नाघेका उपभोग्य बस्तु बिक्री गर्ने व्यपारीलाई नै कारबाही गर्ने चेतावनी पनि कार्यालयले दिएको छ। ‘हामीले अहिले सम्म सचेत मात्रै बनाएका छौ’ सहायक प्रमुख जिल्ला अधिकारी डिल्लीराम शर्माले भने ‘म्याद नाघेका सामाग्री बिक्री गरेको पाइएमा ऐन नियम अनुसार काबार्ही नै चलाउँछौ’ ।

 दैनिक उपभोग्य सामाग्री बिक्री गर्ने पसलहरु अनुगमनका क्रममा म्याद नाघेका, लेबल नभएका सामानहरु जफत गरि खाडलमा पुरेर नष्ट गरिएको कार्यालयले जनाएको छ । अनुगमनका क्रममा फेला परेका दालमोठ, घिउ, स्पाइसी फिस, लेमन आचार, काजु, छोकडा, झिलिङ्गगा, मोटुपातलु, उल्लुका बच्चा जस्ता खाद्यय सामाग्रीहरु नष्ट गरिएको हो । कार्यालयले ब्यबसायी, सञ्चारकर्मी र सुरक्षाकर्मीको रोहबरमा उक्त अखाद्य सामाग्री नष्ट गरेको हो ।

कार्यालयले उपभोक्तालाई आफै सचेत हुनको लागि पनि आग्रह गरेको छ । बजारमा सामान किन्दा म्याद नाघेको वा ननाघेको त्यसको बारेमा जानकारी लिएर मात्रै सामग्री खरिद गर्नको लागि प्रशासनले अनुरोध गरेको छ । 

म्याद सकिएका अखाद्य बस्तु फिर्ता गर्न वा आफै नष्ट गर्नको लागि व्यापारीलाई समेत प्रशासनले सचेत गराएको छ । म्याद नाघेको बस्तु भएको जान्दाजान्दै पनि विक्रिवितरण गरी जा नष्ट गर्न वा फिर्ता नगरि अखाद्य बस्तु राखिएको भेटिएमा अब कानूनी दायरामा ल्याउने प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो