९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा दुर्घटनामा परि १८ जना घाइते

१ मंसिर २०७३, बुधबार ०३:०७

मङ्सिर १, नवलपरासी पूर्व—पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैँडाकोटमा मङ्गलबार भएको सवारी दुर्घटनामा परी १८ जना घाइते भएका छन् । 

ना ६ ख ३९१८ नम्बरको ट्रक, ना ४ ख ६०८२ नम्बरको बस, लु १ ख ७४३८ नम्बरको बस र यु पी ५७ ५२७८ नम्बरको भारतीय ट्रक एकापसमा ठक्कर खाँदा सो दुर्घटना भएको थियो । 

सबै घाइतेको अवस्था सामान्य छ । घाइतेको चितवन भरतपुरस्थित सिएमसि मेडिकल कलेजमा उपचार भइरहेको गैँडाकोट प्रहरीले जनाएको छ । 

लागुऔषध दुव्र्यसन जटिल 

यसैबीच, नवलपरासीमा पछिल्लो समय लागुऔषध दुव्र्यसनी र यसको कारोबारको अवस्था निकै जटिल देखिएको छ । जिल्लाको सीमावर्ती खुल्ला नाका भएका कारण लागुऔषध दुव्र्यसनी र यसको कारोबार जटिल अवस्था नवलपरासीमा पनि परेको हो । 

नवलपरासीका प्र्रहरी उपरीक्षक राजेन्द्रप्रसाद चौधरीले पछिल्लो तीन महिनामा लागुऔषधसँग सम्बन्धित २७ वटा मुद्दा दर्ता भएको जानकारी दिनुभयो । जिल्लाको तथ्याङ्कमा हेर्ने हो भने पनि लागुऔषध दुव्र्यसनी र यसको कारोबारको अवस्था विकराल देखिन्छ । 

प्रहरी उपरीक्षक चौधरीले लागुऔषधको प्रयोगकर्ता भन्दा पनि त्यसको कारोबारमा संलग्नलाई कारबाहीको दायरामा ल्याउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । 

नवलपरासीमा लागुऔषधको प्रयोग र कारोबारको सवालमा जिल्लामा यसको सञ्जाल बढ्दो छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो