मङ्सिर  १, सङ्खुवासभा । सङ्खुवासभा जिल्लास्थित मकालु हिमाल आरोहणको ६० औँ वर्ष प्रवेशको अवसरमा सङ्खुवासभाको चिचिलामा आयोजना हुन लागेको मकालु हीरक महोत्सवको तयारी अन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर  १, सङ्खुवासभा । सङ्खुवासभा जिल्लास्थित मकालु हिमाल आरोहणको ६० औँ वर्ष प्रवेशको अवसरमा सङ्खुवासभाको चिचिलामा आयोजना हुन लागेको मकालु हीरक महोत्सवको तयारी अन"/>
२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सङ्खुवासभा - SKW

मकालु हीरक महोत्सवको तयारी अन्तिम चरणमा

२०७३, १ मंसिर बुधबार ०३:१८

मङ्सिर  १, सङ्खुवासभा । सङ्खुवासभा जिल्लास्थित मकालु हिमाल आरोहणको ६० औँ वर्ष प्रवेशको अवसरमा सङ्खुवासभाको चिचिलामा आयोजना हुन लागेको मकालु हीरक महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । 

आगामी मङ्सिर ६ र ७ गते आयोजना हुन लागेको हीरक महोत्सवले सङ्खुवासभाको मात्र नभएर देशकै पर्यटन विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने हीरक महोत्सव आयोजक मूल समारोह समितिका संयोजक मिङ्मा शेर्पाले बताउनुभएको छ । 

संयोजक शेर्पाले पर्यटन क्षेत्रको विकास र आकर्षण बढाउन मकालु हीरक महोत्सवको आयोजना गर्न लागिएको बताउनुभयो । पर्यटकको सहजताका लागि मकालु हीरक महोत्सव चिचिलामा आयोजना गर्न लागिएको विश्वकै १४ वटा हिमाल आरोहण गर्न सफल आरोही मिङ्मा शेर्पाको भनाइ छ । 

विश्वका आठ हजार मिटरभन्दा बढी उचाईमा रहेका हिमालको सफल आरोहण गरेर गिनिज बुक अफ बल्र्ड रेकर्ड्समा नाम राख्न सफल शेर्पाले महोत्सवबाट आएको पैसाले सङ्खुवासभाको चिचिलामा मकालु हीरक पार्क समेत निर्माण गरिने योजना रहेको बताउनुभयो । 

संयोजक शेर्पाले हीरक महोत्सवको तैयारी गर्ने समय अलिक कम भएकाले हतारहतारमा कार्यक्रम गरिएको हुँदा यसलाई सफल पार्न जिल्लावासी सबैसमक्ष सहयोगको अपिल समेत गर्नुभएको छ । 

महोत्सव आयोजनाका लागि रु ८० लाख रकम आवश्यक भएपनि हालसम्म रु २० लाख मात्र रकम सङ्कलन भएको शेर्पाले बताउनुभयो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने