९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

डोल्पाका सत्ताइस बालबालिका सुर्खेतमा अलपत्र

१ मंसिर २०७३, बुधबार ०९:४७

मङ्सिर १, डोल्पा । काठमाडौँ लगिँदै गरेका उपल्लो डोल्पाका २७ बालबालिका सुर्खेतमा अलपत्र परेका छन् । 

उत्तरी डोल्पाको तिन्जे गाविसका ती बालबालिकालाई लामा ज्ञान दिने भन्दै काठमाडौँ लगिँदै थियो । उनीहरुलाई गत आइतबार सुर्खेतको छिन्चुबाट प्रहरीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएका बालबालिका पाँच वर्षदेखि १५ वर्षमुनिका छन् । 

अभिभावकको मन्जुरीबिना काठमाडौँ लगिँदै गरेको अवस्थामा बालबालिकालाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरक्षीक बहादुरजङ्ग मल्लले जानकारी दिनुभयो । 

बालबालिकासँगै तिन्जेकै २८ वर्षीय चोजिन जिष्टुलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । जिष्टुले नै ती बालबालिकालाई उनीहरुका बा आमाको अनुमतिबिना काठमाडौँ लैजाँदै थिए । 

प्रहरीले नेपाली भाषा बोल्न नजान्ने ती बालबालिकालाई सुर्खेतस्थित महिला तथा बालबालिका कार्यालयको जिम्मा लगाएको छ । उनीहरुमध्ये १८ जनालाई पहिलोपटक लगिँदै थियो भने अन्य यसअघि नै काठमाडौँमै अध्ययनरत रहेको बताइएको छ । 

महिला तथा बालबालिका कार्यालय डोल्पाका अधिकृत भोजकला दवाडीका अनुसार सुर्खेतमा अलपत्र परेका बालबालिकालाई जाजरकोट हुँदै डोल्पा फर्काउने तयारी भइरहेको छ । “चाँडै नै ती बालबालिकालाई आफन्तको जिम्मा लगाउँछौँ,” उहाँले भन्नुभयो । 

बर्सेनि उपल्लो डोल्पाबाट लामा ज्ञान दिने भन्दै बालबालिकालाई उनीहरुका बाआमाको अनमपतिबिना काठमाडौँ लगिने गरिएको बताइएको छ । उपल्लो डोल्पामा विद्यालय भएपनि नियमित पढाइ भने हुँदैन । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो