2026-09-03 05:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

डोल्पाका सत्ताइस बालबालिका सुर्खेतमा अलपत्र

मङ्सिर १, डोल्पा । काठमाडौँ लगिँदै गरेका उपल्लो डोल्पाका २७ बालबालिका सुर्खेतमा अलपत्र परेका छन् । 

उत्तरी डोल्पाको तिन्जे गाविसका ती बालबालिकालाई लामा ज्ञान दिने भन्दै काठमाडौँ लगिँदै थियो । उनीहरुलाई गत आइतबार सुर्खेतको छिन्चुबाट प्रहरीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएका बालबालिका पाँच वर्षदेखि १५ वर्षमुनिका छन् । 

अभिभावकको मन्जुरीबिना काठमाडौँ लगिँदै गरेको अवस्थामा बालबालिकालाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरक्षीक बहादुरजङ्ग मल्लले जानकारी दिनुभयो । 

बालबालिकासँगै तिन्जेकै २८ वर्षीय चोजिन जिष्टुलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । जिष्टुले नै ती बालबालिकालाई उनीहरुका बा आमाको अनुमतिबिना काठमाडौँ लैजाँदै थिए । 

प्रहरीले नेपाली भाषा बोल्न नजान्ने ती बालबालिकालाई सुर्खेतस्थित महिला तथा बालबालिका कार्यालयको जिम्मा लगाएको छ । उनीहरुमध्ये १८ जनालाई पहिलोपटक लगिँदै थियो भने अन्य यसअघि नै काठमाडौँमै अध्ययनरत रहेको बताइएको छ । 

महिला तथा बालबालिका कार्यालय डोल्पाका अधिकृत भोजकला दवाडीका अनुसार सुर्खेतमा अलपत्र परेका बालबालिकालाई जाजरकोट हुँदै डोल्पा फर्काउने तयारी भइरहेको छ । “चाँडै नै ती बालबालिकालाई आफन्तको जिम्मा लगाउँछौँ,” उहाँले भन्नुभयो । 

बर्सेनि उपल्लो डोल्पाबाट लामा ज्ञान दिने भन्दै बालबालिकालाई उनीहरुका बाआमाको अनमपतिबिना काठमाडौँ लगिने गरिएको बताइएको छ । उपल्लो डोल्पामा विद्यालय भएपनि नियमित पढाइ भने हुँदैन । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही