मङ्सिर १, काठमाडौँ । दोस्रो राष्ट्रिय नौमती–पञ्चेबाजा महोत्सव आजदेखि राष्ट्रिय नाचघर जमलमा सुरु भएको छ । 

यहाँ आज आयोजित कार्यक्रममा उपराष्ट्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मङ्सिर १, काठमाडौँ । दोस्रो राष्ट्रिय नौमती–पञ्चेबाजा महोत्सव आजदेखि राष्ट्रिय नाचघर जमलमा सुरु भएको छ । 

यहाँ आज आयोजित कार्यक्रममा उपराष्ट्"/>

2026-07-24 07:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नौमती–पञ्चेबाजा महोत्सव सुरु


मङ्सिर १, काठमाडौँ । दोस्रो राष्ट्रिय नौमती–पञ्चेबाजा महोत्सव आजदेखि राष्ट्रिय नाचघर जमलमा सुरु भएको छ । 

यहाँ आज आयोजित कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले नगरा बजाएर महोत्सवको उद्घाटन गर्नुभयो । नेपाल नौमती–पञ्चेबाजा प्रतिष्ठान तथा सांस्कृतिक संस्थानले आयोजना गरेको दुई दिने महोत्सवको आज पहिलो दिन पञ्चेबाजाका विभिन्न राग र धुन प्रस्तुत गरिएको थियो । 

रामेछाप, धादिङ, ललितपुरलगायत करिब आठ जिल्लाका टोलीले मङ्गल/पल्टनिया धुन, बिहानचरी÷बेहुली माग्ने धुन, अन्माउने धुन, चौतल धुन, नेवारी ख्याली÷मालश्री रागलगायत नौमती तथा पञ्चेबाजाका प्रस्तुति दिएका थिए । 

त्यस्तै, कार्यक्रममा पञ्चम ब्यान्डको तर्फबाट सांस्कृतिक प्रस्तुति, दमाई नाच, हुड्के/छलियासहित विभिन्न कला प्रस्तुत गरिएको थियो । 

कार्यक्रममा उपराष्ट्रपति पुनले नेपालीको मौलिक संस्कृतिमा आधारित नौमती र पञ्चेबाजाको संरक्षण गर्दै यसलाई समयअनुकूल आधुनिकीकरण र व्यवसायीकरण गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “वैदिक कालभन्दा अघिदेखिको नौमती–पञ्चेबाजा संरक्षण र विस्तार आजको आवश्यकता हो । यसको जगेर्ना गर्नसके संस्कृति जोगिनुका साथै युवालाई पनि रोजगारी दिलाउन सकिने छ ।” 

नौमती–पञ्चेबाजा प्रतिष्ठानका अध्यक्ष विनोद पहाडीले आफ्नो संस्था राजनीतिक र जातीय हिसाबले सबैको साझा बनाउने प्रयत्नमा लागेको बताउँदै नौमती–पञ्चेबाजा संरक्षणका लागि राज्यबाटै बजेट विनियोजन हुनुपर्ने धारणा राख्नुभयो । 

सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाले नौमती–पञ्चेबाजाको संरक्षणमा दमाई समुदायमात्र नभएर सबै समुदाय हातेमालो गरेर अघि बढ्नुपर्ने बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक