९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

हेटौडामा भोलीदेखि हुने खेलकुद महोत्सवको तयारी सकियो

१ मंसिर २०७३, बुधबार १४:२८

मङ्सिर १, मकवानपुर | सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा बिहीबारदेखि हेटौंडाको आँखा अस्पताल पछाडि रहेको खाली जग्गा (भूटनदेवी पार्क) मा राष्ट्रिय खेलकुद तथा व्यापार महोत्सव–२०७३ आयोजना हुँदैछ । 

प्रतिष्ठानको आयोजनामा गत बर्षबाट सुरु भएको हेटौंडा गोल्डकपलाई निरन्तरता दिने र मकवानपुरका खेलाडी तथा पत्रकारको हितमा काम गर्ने उद्देश्यका साथ औद्योगिक शान्ति नेपाल संस्था संगको सहकार्यमा पहिलो पटक हेटौंडामा खेलकुद तथा व्यापार महोत्सव हुन लागेको हो । महोत्सवको तयारी सकिएको आयोजक प्रतिष्ठानका अध्यक्ष भेष खड्कीले बुधबार मेलास्थलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । ‘हामीलाई यो महोत्सव गर्न निकै चुनौती छ’, उनले भने, ‘प्रतिष्ठानको स्थापना नै चुनौतीको बीचमा भएको हो । ‘इन्टरनेशनल’ फूटबल गर्ने बेलामा नाकाबन्दीको चुनौती थियो । हामीले महोत्सव गर्ने भन्दै गर्दा हुप्रचौरमा मेला गर्न नदिने भन्ने जानकारी आयो । छोटो समयको तयारीमा यस स्थल (आँखा अस्पताल पछाडीको खाली जग्गा) मा महोत्सवको तयारी गरेका हौँ ।’ हुप्रचौरलाई खेलकुदको गतिविधी गर्ने स्थलकै रुपमा विकास गर्नको लागि सुमन भोम्जन प्रतिष्ठानको तर्फबाट सक्दो सहयोग हुने उनको भनाई थियो । महोत्सवको ‘पावर्ड बाइ’ को रुपमा नेको इन्स्योरेन्स रहेको छ । 

महोत्सवको लागि प्रतिष्ठान संग सहकार्य गरेको औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले महोत्सवको सम्पूर्ण तयारी पूरा भैसकेको जानकारी दिँदै भने, ‘यस महोत्सवमा केही नयाँ पक्कै हुनेछ’, उनले भने, ‘लोपोन्मुख राउटे जातिको प्रदर्शनी रहनेछ । बाल उद्यान अन्तर्गत चाँदतारा र टोराटोरा यस महोत्सवको लागि नयाँ हुनेछ । यस्तै कलाकारहरु पनि धेरै नयाँ आउनेछन् ।’ क्षेत्रीय प्रशासन कार्यालय हेटौंडाका प्रशासक बिनोद केसीबाट महोत्सवको उद्घाटन हुनेछ । महोत्सव उद्घाटन हुनुपूर्व बिहान हेटौंडा–४ हुप्रचौरबाट शोभायात्रा हुने प्रतिष्ठानका महासचिव सविन न्यौपानेले जानकारी दिए । यस्तै बिहान साँढे ६ बजे म्याराथन दौड पनि हुनेछ । म्याराथनमा एक विदेशीको समेतको सहभागिता रहने छ । 

सदरमुकाम हेटौंडा सहित अन्य स्थानमा रोड ब्यानर र पर्चा पम्प्लेट टाँसिएको छ भने मेला स्थलमा धुलो नउडोस् भन्नका लागि विशेष सावधानी अपनाइएको आयोजकले जानकारी दिएको छ । ३ सय ५० वटा स्टल रहने महोत्सवमा म्याराथन, तेक्वान्दो, कबड्डीको राष्ट्रिय प्रतियोगिता एवम् महिला भलिबलमा सशस्त्र प्रहरी र ढोरपाटन क्लवबीच मैत्रीपूर्ण खेल तथा शारीरिक सुगठनको जिल्लास्तरीय खेल प्रदर्शनी हुनेछ प्रचारप्रसार संयोजक गणेशदर्पण अधिकारीले जानकारी दिए । मेलामा राखिने अधिकांश स्टलहरुमा विशेष छुट तथा आकर्षणहरु हुने आयोजकको दावी छ । मनोरञ्जनात्मक बाल उद्यान, स्थानीय तथा राष्ट्रिय कलाकारको बेजोड प्रस्तुतिका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा बिजेता बन्न सफल खेलाडीहरुलाई सम्मान गर्ने आयोजकको तयारी छ । महोत्सव करिब २ लाख ५० हजार जनाले अवलोकन गर्ने र १० करोड बराबरको कारोबार हुने आयोजकले लक्ष्य राखेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो