२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

हेटौडामा भोलीदेखि हुने खेलकुद महोत्सवको तयारी सकियो

२०७३, १ मंसिर बुधबार १४:२८

मङ्सिर १, मकवानपुर | सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा बिहीबारदेखि हेटौंडाको आँखा अस्पताल पछाडि रहेको खाली जग्गा (भूटनदेवी पार्क) मा राष्ट्रिय खेलकुद तथा व्यापार महोत्सव–२०७३ आयोजना हुँदैछ । 

प्रतिष्ठानको आयोजनामा गत बर्षबाट सुरु भएको हेटौंडा गोल्डकपलाई निरन्तरता दिने र मकवानपुरका खेलाडी तथा पत्रकारको हितमा काम गर्ने उद्देश्यका साथ औद्योगिक शान्ति नेपाल संस्था संगको सहकार्यमा पहिलो पटक हेटौंडामा खेलकुद तथा व्यापार महोत्सव हुन लागेको हो । महोत्सवको तयारी सकिएको आयोजक प्रतिष्ठानका अध्यक्ष भेष खड्कीले बुधबार मेलास्थलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । ‘हामीलाई यो महोत्सव गर्न निकै चुनौती छ’, उनले भने, ‘प्रतिष्ठानको स्थापना नै चुनौतीको बीचमा भएको हो । ‘इन्टरनेशनल’ फूटबल गर्ने बेलामा नाकाबन्दीको चुनौती थियो । हामीले महोत्सव गर्ने भन्दै गर्दा हुप्रचौरमा मेला गर्न नदिने भन्ने जानकारी आयो । छोटो समयको तयारीमा यस स्थल (आँखा अस्पताल पछाडीको खाली जग्गा) मा महोत्सवको तयारी गरेका हौँ ।’ हुप्रचौरलाई खेलकुदको गतिविधी गर्ने स्थलकै रुपमा विकास गर्नको लागि सुमन भोम्जन प्रतिष्ठानको तर्फबाट सक्दो सहयोग हुने उनको भनाई थियो । महोत्सवको ‘पावर्ड बाइ’ को रुपमा नेको इन्स्योरेन्स रहेको छ । 

महोत्सवको लागि प्रतिष्ठान संग सहकार्य गरेको औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले महोत्सवको सम्पूर्ण तयारी पूरा भैसकेको जानकारी दिँदै भने, ‘यस महोत्सवमा केही नयाँ पक्कै हुनेछ’, उनले भने, ‘लोपोन्मुख राउटे जातिको प्रदर्शनी रहनेछ । बाल उद्यान अन्तर्गत चाँदतारा र टोराटोरा यस महोत्सवको लागि नयाँ हुनेछ । यस्तै कलाकारहरु पनि धेरै नयाँ आउनेछन् ।’ क्षेत्रीय प्रशासन कार्यालय हेटौंडाका प्रशासक बिनोद केसीबाट महोत्सवको उद्घाटन हुनेछ । महोत्सव उद्घाटन हुनुपूर्व बिहान हेटौंडा–४ हुप्रचौरबाट शोभायात्रा हुने प्रतिष्ठानका महासचिव सविन न्यौपानेले जानकारी दिए । यस्तै बिहान साँढे ६ बजे म्याराथन दौड पनि हुनेछ । म्याराथनमा एक विदेशीको समेतको सहभागिता रहने छ । 

सदरमुकाम हेटौंडा सहित अन्य स्थानमा रोड ब्यानर र पर्चा पम्प्लेट टाँसिएको छ भने मेला स्थलमा धुलो नउडोस् भन्नका लागि विशेष सावधानी अपनाइएको आयोजकले जानकारी दिएको छ । ३ सय ५० वटा स्टल रहने महोत्सवमा म्याराथन, तेक्वान्दो, कबड्डीको राष्ट्रिय प्रतियोगिता एवम् महिला भलिबलमा सशस्त्र प्रहरी र ढोरपाटन क्लवबीच मैत्रीपूर्ण खेल तथा शारीरिक सुगठनको जिल्लास्तरीय खेल प्रदर्शनी हुनेछ प्रचारप्रसार संयोजक गणेशदर्पण अधिकारीले जानकारी दिए । मेलामा राखिने अधिकांश स्टलहरुमा विशेष छुट तथा आकर्षणहरु हुने आयोजकको दावी छ । मनोरञ्जनात्मक बाल उद्यान, स्थानीय तथा राष्ट्रिय कलाकारको बेजोड प्रस्तुतिका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा बिजेता बन्न सफल खेलाडीहरुलाई सम्मान गर्ने आयोजकको तयारी छ । महोत्सव करिब २ लाख ५० हजार जनाले अवलोकन गर्ने र १० करोड बराबरको कारोबार हुने आयोजकले लक्ष्य राखेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने